सामाजिक सञ्जालले जुटाइदियो रु तीस लाख सहयोग

तनहुँको व्यासनगरपालिका१४ कुर्लुङका २६ वर्षीय सन्तोष रानाको मिर्गौला प्रत्यारोपणका लागि हालसम्म रु ३० लाख ११ हजार २३२सहयोग सङ्कलन जम्मा भएको आर्थिक अवस्था कमजोर रहेको हुँदा स्थानीय युवाहरुको सक्रियतामासन्तोष बचाउ अभियानथालेपछि सामाजिक सञ्जालमार्फत उक्त रकम सङ्कलन भएको हो

शुरुमा टाउको दुखेपछि राना उपचारका लागि दमौली अस्पताल पुगेका थिए स्वास्थ्य परीक्षण गरेपछि अस्पतालले थप उपचारकालागि पोखरा जान सुझाव दियो”, रानाले भन्नुभयो, “त्यसपछि पोखरास्थित मेट्रोसिटी अस्पतालमा गएर स्वास्थ्य परीक्षण गराउँदा मात्रैआफ्नो दुवै मिर्गौला फेल भएको थाहा पाएँ

मिर्गाैला फेर्नका लागि रु २० लाखभन्दा बढी खर्च लाग्ने सम्बन्धित चिकित्सकले बताएपछि परिवारमा तनाव छाएको  थियो उहाँलेभन्नुभयो, “यति ठूलो रकम कसरी जुटाउने भन्ने पीर चिन्ताले सताइरहन्थ्यो तँ आँट पूरा गर्छु भनेझँै ईश्वरको आशीर्वादलेस्थानीय युवाहरुले चालेको अभियानअन्तर्गत एकाएक सहयोग प्राप्त हुन थालेपछि अब बाँच्छु भन्ने आशा पलाएको उहाँले जानकारीदिनुभयो

सन्तोष बचाउ अभियानअन्तर्गत यसअघि रु १९ लाख चार हजार ९३५ बैंक खातामा जम्मा भइसकेको थियो गत असोज गते मात्रैअमेरिकामा बस्दै आएका केशवटारकै स्थानीयवासी भीम थापा, कुलदीप राना, आशिष थापामगरको सक्रियतामा सङ्कलन भएको रु लाख ४५ हजार २१०   ब्रिटिस आर्मीमा कार्यरत स्थानीय जीवन थापाको फेसबुकमार्फत युकेबाट रु तीन लाख ६६ हजार ११७ रकमहस्तान्तरण गरिएको हो

त्यसैगरी, मलेसियाबाट रु ४५ हजार ८०० ओमनबाट रु ३० हजार ४०० लगायत गरी कूल रु ११ लाख हजार २९७ सहयोग रकमवडाध्यक्ष काजीमान श्रेष्ठमार्फत मिर्गौला पीडित रानालाई हस्तान्तरण गरिएको हो स्थानीय छाब्दीबाराही युवा क्लब तथा सन्तोषबचाउ अभियानका मूल संयोजक दीपक थापाको संयोजकत्वमा भेषबहादुर आले, चुडामणि थापा, कर्णबहादुर थापालगायत युवालेरानालाई बचाउनका लागि सक्रिय भएर लागेको वडाध्यक्ष काजीमान श्रेष्ठले बताउनुभयो मिर्गौला पीडित रानाको श्रीमती सोनियागर्भवती अवस्थामा रहेकी  छन्

sp sp

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago