सामाजिक सञ्जालले जुटाइदियो रु तीस लाख सहयोग

तनहुँको व्यासनगरपालिका१४ कुर्लुङका २६ वर्षीय सन्तोष रानाको मिर्गौला प्रत्यारोपणका लागि हालसम्म रु ३० लाख ११ हजार २३२सहयोग सङ्कलन जम्मा भएको आर्थिक अवस्था कमजोर रहेको हुँदा स्थानीय युवाहरुको सक्रियतामासन्तोष बचाउ अभियानथालेपछि सामाजिक सञ्जालमार्फत उक्त रकम सङ्कलन भएको हो

शुरुमा टाउको दुखेपछि राना उपचारका लागि दमौली अस्पताल पुगेका थिए स्वास्थ्य परीक्षण गरेपछि अस्पतालले थप उपचारकालागि पोखरा जान सुझाव दियो”, रानाले भन्नुभयो, “त्यसपछि पोखरास्थित मेट्रोसिटी अस्पतालमा गएर स्वास्थ्य परीक्षण गराउँदा मात्रैआफ्नो दुवै मिर्गौला फेल भएको थाहा पाएँ

मिर्गाैला फेर्नका लागि रु २० लाखभन्दा बढी खर्च लाग्ने सम्बन्धित चिकित्सकले बताएपछि परिवारमा तनाव छाएको  थियो उहाँलेभन्नुभयो, “यति ठूलो रकम कसरी जुटाउने भन्ने पीर चिन्ताले सताइरहन्थ्यो तँ आँट पूरा गर्छु भनेझँै ईश्वरको आशीर्वादलेस्थानीय युवाहरुले चालेको अभियानअन्तर्गत एकाएक सहयोग प्राप्त हुन थालेपछि अब बाँच्छु भन्ने आशा पलाएको उहाँले जानकारीदिनुभयो

सन्तोष बचाउ अभियानअन्तर्गत यसअघि रु १९ लाख चार हजार ९३५ बैंक खातामा जम्मा भइसकेको थियो गत असोज गते मात्रैअमेरिकामा बस्दै आएका केशवटारकै स्थानीयवासी भीम थापा, कुलदीप राना, आशिष थापामगरको सक्रियतामा सङ्कलन भएको रु लाख ४५ हजार २१०   ब्रिटिस आर्मीमा कार्यरत स्थानीय जीवन थापाको फेसबुकमार्फत युकेबाट रु तीन लाख ६६ हजार ११७ रकमहस्तान्तरण गरिएको हो

त्यसैगरी, मलेसियाबाट रु ४५ हजार ८०० ओमनबाट रु ३० हजार ४०० लगायत गरी कूल रु ११ लाख हजार २९७ सहयोग रकमवडाध्यक्ष काजीमान श्रेष्ठमार्फत मिर्गौला पीडित रानालाई हस्तान्तरण गरिएको हो स्थानीय छाब्दीबाराही युवा क्लब तथा सन्तोषबचाउ अभियानका मूल संयोजक दीपक थापाको संयोजकत्वमा भेषबहादुर आले, चुडामणि थापा, कर्णबहादुर थापालगायत युवालेरानालाई बचाउनका लागि सक्रिय भएर लागेको वडाध्यक्ष काजीमान श्रेष्ठले बताउनुभयो मिर्गौला पीडित रानाको श्रीमती सोनियागर्भवती अवस्थामा रहेकी  छन्

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago