फोटो फाईल
पर्साको विन्द्यवासिनी गाउँपालिकामा बिहीबार आयोजित नेकपाको नगर कमिटीको शपथग्रहण कार्यक्रममा भएको झडपमा परी घाइतेभएका मुकेश चौरसियाको उपचारको क्रममा मृत्यु भएको छ ।
नेकपा पर्सा अध्यक्ष प्रभु हजरा र सचिव विजय महतोको दुई समुहमा विभाजित नेकपाका कार्यकर्ताबीच शपथग्रहण कार्यक्रममै भएकोझडपमा परी टाउकोमा गम्भीर चोट लागेका नेकपा विन्दवासिनी गाउँपालिका नगर कमिटिका सचिव चौरसियाको उपचारको क्रममाशुक्रबार बिहान मृत्यु भएको हो ।
टाउकोमा गम्भीर चोटपटक लागि नारायणी अस्पतालको इमर्जेन्सी वार्डमा भर्ना भएका चौरसियालाई थप उपचारको लागि वीरगन्जपानीटंकी स्थित न्यूरो अस्पतालमा भर्ना गरिएको थियो ।टाउकोमा गहिरो चोट लागेको हुनाले अत्याधिक रगत बगिसकेका कारणचौरसियाको मृत्यु भएको चिकित्सकहरूले बताएका छन् ।
झडपमा परेका ३ जनालाई गम्भिर चोटपटक लागेको थियो । तीमध्ये बाँकी दुईजनाको नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छभने अन्य सामान्य घाइते भएका एक दर्जन कार्यकर्ताहरु सामान्य उपचारपछि घर फर्केका छन् ।
यता घटनामा संलग्न रहेको भन्दै पर्सा प्रहरीले ८ जनालाई बिहीबार नै पक्राउ गरेको छ । पक्राउ परेका उनीहरूलाई आवश्यक अनुसन्धानगर्दा ३ जना संलग्न रहेको भेटिएकोले त्यही दिन ५ जनालाई छाडेर ३ जनालाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेकोपर्साका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिए । पक्राउ पर्नेमा हनिष मियाँ, देवा सहनी, शोकदिन गद्दी रहेका छन् ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…