महिला उद्यमशील केन्द्र सञ्चालनमा

चितवनमा महिला उद्यमशील केन्द्र सञ्चालनमा ल्याइएको भरतपुर महानगरपालिका२१ पार्वतीपुरमा स्थापना गरिएको सरस्वतीमहिला उद्यमशील महिला तालिम केन्द्र सञ्चालनमा ल्याइएको हो

भरतपुर महानगरपालिकाको रु २५ लाख समूहको सहभागितामा थप रु सात लाख रकम गरी रु ३२ लाखको लागतमा तालिम केन्द्रकोनिर्माण गरिएको हो केन्द्रको उद्घाटन कार्यक्रममा भरतपुर महानगर प्रमुख रेनु दाहालले नवनिर्मित तालिम केन्द्र यस क्षेत्रका महिलाउद्यमी उद्यम गर्न चाहने महिलाको सीप क्षमताको आधारमा बहुउपयोगी हुने बताउनुभयो उहाँले भन्नुभयो, “उद्यमशीलताले मात्रपरिवार समाजलाई समृद्ध बनाउन सक्छ, तसर्थ आधुनिक प्रविधि सीपमार्फत उत्पादकत्व बढाउन सबै एकत्रित हुनुपर्छ

फोटो फाईल

रोजगार सिर्जना उत्पादकत्व बढाउनुपर्नेमा जोड दिँदै उहाँले यस्ता योजना लिएर महानगरपालिका आउनेलाई सबै प्रकारको सहयोग गर्नमहानगर तयार रहेको बताउनुभयो कार्यक्रममा वडा नं २१ का वडाअध्यक्ष चित्रसेन अधिकारीले नवनिर्मित तालिमकेन्द्र भवन यस क्षेत्रकासमुदायलाई सीप सिकाइमा उपयोगी हुने बताउनुभयो समूहका अध्यक्ष एवं दिव्या शर्माले समूहको आयव्यय तथा समूहले गरेकागतिविधिहरूको बारेमा जानकारी गराउनुभएको थियो

sp sp

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago