पत्रकारिता सँगै कृषि र मौरीपालन व्यवसाय ।

थम्मन थापा ,बागलुङ :कोरोनाले अहिले विश्व नै संकटमा छ । गलकोट बाट पहिले रोजगारीको सिलसिलामा विदेश जाने नागरिकको लर्को थियो । अहिले यो क्रम घटेको छ । कोभिड १९ को माहामारीको कारण विदेशमा पनि अहिले उद्योग व्यवसाय होटल रेस्टुरेन्ट अहिले धरासायी बनिरहेका छन । धेरै युवाहरुले रोजगार गुमाएका कैयौं खबरहरु सार्वजनिक भइरहेका छन् ।

अहिले नेपालमा पनि कृषि र पशुपालन क्षेत्रमा धेरै सम्भावनाका ढोकाहरू खुलेका छन् । नेपाल सरकारले कृषि र पशुपालनमा अनुदान समेत प्रदान गर्दै आइरहेको छ । पछिल्लो समय कृषि र पशुपालनमा युवाहरुको आकर्षण समेत वृद्धि हुँदै गइरहेको छ । लामो समय शिक्षण पेशामा आवद्ध भएर विदाई भएपछि अहिले स्थानीय स्तरमा पत्रकारिता सँगै कृषि क्षेत्रमा सम्वृद्धिको सम्भावना खोज्ने युवा हुन गलकोट नगरपालिका वडा नं ९ छिसका मित्रलाल खरेल ।

खरेलले गलकोट कृषि तथा पशुपलन बिक्री केन्द्र नामक फर्म स्थापना गरेर अहिले कृषि र मौरी पालन व्यवसाय सुरुवात गरेका छन् । स्थानीय यम भुजेल र खरेलले छिसमा अहिले झण्डै १ सय बढी मौरीको घारमा मौरी पालन गरेर आर्थिक सम्वृद्धिको बाटो रोजेका छन् । परम्परागत कृषि प्रणाली मार्फत आर्थिक सम्वृद्धि नहुने र मात्रै जीविकोपार्जन हुने भन्दै आफूहरु आधुनिक कृषि प्रणाली र मौरी पालनमा लागेको उनले बताए । थोरै लगानी, कम मेहनत हुने भएकाले आफूहरुले मौरी पालन व्यवसाय रोजेको खरेलको भनाइ छ ।

खरेलले मौरीपालन सँगै कागती खेती, तरुल खेती र तरकारी खेतीलाई सँग सँगै एकसाथ अगाडि बढाएको उल्लेख गरे । घर वरिपरि रहेको खेतमा धान नरोपी सबै खेतमा कोदो रोपेर त्यसको संरक्षणमा समेत उनी सक्रिय छन् । एउटा व्यवसायिक कृषकको रूपमा आफूलाई चिनाएका खरेलले अहिले बारीमा ५ सय कागतीका विरुवा रोपेका छन् ।

उनको कागती बगैचामा धेरै जसो बोटहरूले फल लगाई सकेका छन । यति मात्र होइन जमीन खेर नजाओस भन्ने हेतुले सयौं तरुलका झाल, विभिन्न प्रजातिका केरा, सुन्तला आदिले त्यहॉ पुग्ने जो कसैलाई त्यसले लोभाउने गर्दछ । मध्य पहाडी लोकमार्ग अन्तर्गत गलकोट नगरपालिका वडा नं ९ बडगाउँ बाट करिब १० मिनेटको गाडी यात्रा र ३० मिनेटको पैदल यात्रा पछि त्यहाँ पुग्न सकिन्छ । उनको बगैंचा र मौरीपालन मल्म रिघा सिसाखानी सडकको अाडमै पर्दछ । सहपाठी यम भुजेल लामो समय बडिगाड गाउँपालिका वडा नं ३ सिसाखानी र गलकोट नगरपालिका वडा नं १० पाण्डवखानीमा मौरीपालन व्यवसाय गर्दै आउनु भएको थियो ।

बजारको समस्याले अलि समस्या भएपनि अब भने सहज हुने भुजेलले बताए । अहिले स्थानीय लघु जलविद्युत मार्फत मौरीको घार निर्माण समेत गरेर बिक्री वितरण गर्ने तयारी भइरहेको समेत उनले जानकारी दिए ।भौगोलिक हिसाबले पनि उक्त ठाउँ आकर्षक देखिन्छ त्यहाँबाट मध्यपहाडी लोकमार्ग, दरम खोला, रिघा, कॉडेबास, मल्म सँगै छिमेकी जिल्ला गुल्मीको अर्लाङ्गकोटका दृश्य अवलोकन गर्न सकिन्छ ।

छिमेकी वडा रिघा पर्यटकीय र धार्मिक अनि सांस्कृतिक महत्त्व बोकेको ठाउँ भएकोले यस क्षेत्रमा रिसोर्ट आवश्यकता रहेको र निकट भविष्यमा रिसोर्ट निर्माण गर्ने योजना समेत बनाएको खरेलले बताए ।

लगानी गर्ने युवाहरु भए आफूले त्यहाँको व्यवस्थापकीय पक्षका लागि वातावरण निर्माण गर्न आफू तयार रहेको उनले बताए ।मौरी पालन व्यवसायले अब बिस्तारै आम्दानीको श्रोत वृद्धि गर्दै लैजाने उनले अपेक्षा गरेका छन् ।

उनीहरूको मौरीपालन र कृषि बगैचामा अहिले युवाहरु स्थलगत अवलोकन गर्न आउने गरेका छन् ।खरेल गलकोट क्षेत्रमा रहेर १ दशक देखि पत्रकारितामा समेत आवद्ध रहेका छन् । उनी पत्रकारहरुको साझा संस्था गलकोट पत्रकार सामाज बागलुङका अध्यक्ष समेत रहेका छन् ।

Sanjay poudyal

Recent Posts

बिर्तामोड रन प्रतियोगिता–२०८२ : विजेताहरू सम्मानित

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago