किरण कौशल, पाल्पा । पाल्पामा समुदायस्तरमा ३ जनालाई कोरोना संक्रमण देखिएको छ । तानसेन नगरपालिका ८ की ३० बर्षिय एक महिला, रामपुर नगरपालिकाका ६ का २४ बर्षिय र ९ मा बस्ने ४५ बर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । रामपुरका २४ बर्षिय पुरुष हालै युएई बाट घर फर्किएका थिए भने ४५ बर्षिय पुरुष कपिलबस्तुबाट अध्यापनको लागी रामपुर आई डेरामै क्वारेन्टाइनमा बस्दै आएका थिए ।
घरमै बसिरहेकी तानसेन नगरपालिका ८ की ३० बर्षिय महिला भदौ ५ गते शुक्रवार विरामी भएर लुम्बिनी मेडिकल कलेजमा उपचारको लागि पुगेकी थिईन । महिलाको लक्षण देखिएर स्वाव पठाइएकोमा उनमा पोजेटिभ भेटिएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । महिलाको कन्ट्रयाक ट्रेसिङ्गको आधारमा थप परिक्षण गरिने तानसेन नगरपालिकाले जनाएको छ ।
यस अघि तानसेन ४ मा पनि घरमै बसेकी ४० बर्षिया महिलामा कोरोना पोजेटिभ आएको थियो । उनी आफ्नै घरमा आईसोलेसनमा उपचाररत रहेकी छन् । रामपुर नगरपालिकाले समुदायस्तर बाट गरेको स्वाब संकलनको क्रममा दुईजना पुरुषमा संक्रमण देखिएको उनीहरुको कन्ट्रयाक ट्रेसिङ्गको आधारमा थप परिक्षण गरिने रामपुर नगरपालिकाले जनाएको छ ।
पाल्पा जिल्ला भरी हालसम्म ५ सय ६८ जनामा कोरोना देखिएको छ । उनीहरु मध्ये ५६४ जना भारत बाट आएका हुन् भने ४ जना समुदाय स्तरको महिला रहको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । कोरोनाको कारण पाल्पामा १ जनाको मृत्यू भएको छ भने ५६१ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । पाल्पामा भदौ ५ गते देखी १२ गतेसम्म निषेधाज्ञा लागु गरिएको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…