प्रदेश ५ सहित केही स्थनमा ठूलो पानी पर्ने हुँदा सतर्क रहन मौसमबिदको आग्रह

पाल्पा । बिहिवार प्रदेश ५ र गण्डकी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम खालको पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही ठाउँमा ठूलो पानी पर्ने हुँदा सतर्क रहन मौसमबिदले आग्रह गरेका छन ।
मनसुनी वायुको प्रभाव र मनसुनी न्यूनचापीय रेखा पश्चिमी नेपालबाट दक्षिणमा सरेको तथा पूर्वी भू-भागमा नेपाल नजिकै रहेकाले आज पनि केही ठाउँमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिनुभएको छ ।
पौडेलका अनुसार प्रदेश १, २, ५, वाग्मती र गण्डकी प्रदेशका एक/दुई ठाउँमा भने ठूलो पानी पर्ने संभावना छ । पानी परे पनि नदीमा बाढी आउने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने तथा पानी निकास नहुने ठाउँ जलमग्न हुनसक्ने भएकाले नदी किनारमा नजान तथा भिरालो जमिनमा यात्रा गर्दा सतर्क हुन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने भए पनि केही स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

bhabindra gautam

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago