पाल्पा । पाल्पामा मंगलबार थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा र केन्द्रीय प्रयोगशाला काठमाडौंंमा गरिएको परीक्षणमा पूर्वखोला गाउँपालिकाका ३३ जना पुरुष र ४ जना महिला गरी ३७ जना, बगनासकाली गाउँपालिकामा ११ पुरुष र माथागढी गाउँपालिकामा १० जना पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका पाल्पाका निमित्त प्रमुख विश्व न्यौपानेले बताए । पूर्वखोला गाउँपालिकाका जेठको दोस्रो हप्ता भारतबाट आएर वडा नम्वर ६ र १ का विभिन्न क्वारेन्टाइनमा बसेका थिए । ।
बगनासकाली गाउँपालिकाका संक्रमित ११ जना जेठ ११ गते भारतबाट आएर वडा नम्वर १ र ३ मा निर्माण गरिएका विभिन्न क्वारेन्टाइनमा बसेका थिए । उनीहरुलाई तानसेन मिसन स्थित भूषलडाँडा माविमा निर्माण गरिएको आइसोलेसन राखिने छ ।
माथागढी गाउँपालिका संक्रमित १० जना पुरुषमा पनि भारत र तेस्रो मुलुकबाट आएर वडा नम्वर १, २, ३ र ४ मा निर्माण गरिएका क्वारेन्टाइनमा बसेका थिए ।
मंगलबार देखिएका ५८ जना संक्रमितसँगै जिल्लामा संक्रमितको संख्या २ सय ३४ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । यस अघि रैनादेवी छहरा गाउँपालिकामा २० जना, रम्भा गाउँपालिकामा १६ जना, रिव्दीकोट गाउँपालिकामा ४ जना, निस्दी गाउँपालिकामा २ जना, रामपुर नगरपालिकामा २ जना, तिनाउ गाउँपालिकामा ३ जना र उपचारको क्रममा लुम्विनी मेडिकल कलेजमा गुल्मीका २ जना र अर्घाखाँचीका एक जनामा कोरोना सक्रमण देखिएको थियो ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…