थप ५८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २ सय ३४ पुग्यो

पाल्पा । पाल्पामा मंगलबार थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा र केन्द्रीय प्रयोगशाला काठमाडौंंमा गरिएको परीक्षणमा पूर्वखोला गाउँपालिकाका ३३ जना पुरुष र ४ जना महिला गरी ३७ जना, बगनासकाली गाउँपालिकामा ११ पुरुष र माथागढी गाउँपालिकामा १० जना पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका पाल्पाका निमित्त प्रमुख विश्व न्यौपानेले बताए । पूर्वखोला गाउँपालिकाका जेठको दोस्रो हप्ता भारतबाट आएर वडा नम्वर ६ र १ का विभिन्न क्वारेन्टाइनमा बसेका थिए । ।
बगनासकाली गाउँपालिकाका संक्रमित ११ जना जेठ ११ गते भारतबाट आएर वडा नम्वर १ र ३ मा निर्माण गरिएका विभिन्न क्वारेन्टाइनमा बसेका थिए । उनीहरुलाई तानसेन मिसन स्थित भूषलडाँडा माविमा निर्माण गरिएको आइसोलेसन राखिने छ ।
माथागढी गाउँपालिका संक्रमित १० जना पुरुषमा पनि भारत र तेस्रो मुलुकबाट आएर वडा नम्वर १, २, ३ र ४ मा निर्माण गरिएका क्वारेन्टाइनमा बसेका थिए ।
मंगलबार देखिएका ५८ जना संक्रमितसँगै जिल्लामा संक्रमितको संख्या २ सय ३४ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । यस अघि रैनादेवी छहरा गाउँपालिकामा २० जना, रम्भा गाउँपालिकामा १६ जना, रिव्दीकोट गाउँपालिकामा ४ जना, निस्दी गाउँपालिकामा २ जना, रामपुर नगरपालिकामा २ जना, तिनाउ गाउँपालिकामा ३ जना र उपचारको क्रममा लुम्विनी मेडिकल कलेजमा गुल्मीका २ जना र अर्घाखाँचीका एक जनामा कोरोना सक्रमण देखिएको थियो ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago