बिर्तामोड- झापाको मेचीनगरमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका फोकल पर्शन जीवन चौलागाईंले दिनु भएको जानकारी अनुसार मेचीनगरमा ३ जना महिलामा संक्रमण दखिएको छ ।
मेचीनगर वडा नं १० को अतिथि सदन भवनको क्वारेन्टाइनमा रहेका बर्ष ३३, ३६ र ४० बर्षका ३ महिलाहरु हुनुहुन्छ । संक्रमितहरु मध्ये २ जना कुवेतबाट आएका र १ महिला भारतको आसामबाट आएको चौलागाईंले बताउनु भयो ।
मेचीनगरमा आज संक्रमण पुष्टि भएका महिलाहरुमा वडा नं १, ५ र ७ को रहनु भएको क्वारेन्टाइन ब्यवस्थापन समिति संयोजक नबिन बरालले जानकारी दिनु भयो ।
बरालका अनुसार संक्रमण पुष्टि भएसंगै उनीहरुलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने तयारी भइरहेको छ ।
आज थप ३ जनामा कोरोनाको संक्रमण पुष्टिभएसंगै मेचीनगरमा मात्र संक्रमितको संख्या ८ पुगको छ ।
यस्तै आजनै झापाको बुद्धशान्ती गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ६ जना, हल्दिबारी गाउँपालिकाको क्वारेन्टाइनमा २ जना र बिर्तामोड नगरपालिकाको क्वारेन्टाइनमा २ जनामा कोरोनाको संक्रमण पुष्टि भएको चौलागाईंले जानकारी दिनु भयो ।
आज थप १३ जनामा संक्रमण पुष्टि भएसंगै झापा कोरोना संक्रमितको संख्या २०५ पुगेको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…