काठमाडौं -प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद मीनेन्द्र रिजालले कोरोना महामारीका बीच सरकारले प्रधानमन्त्रीका लागि गाडी खरिद प्रक्रिया अगाडि बढाएकोमा गृहमन्त्रीको जवाफ मागेका छन्।
मंगलबार प्रतिनिधिसभा संसद बैठकमा धारणा राख्दै सांसद रिजालले प्रधानमन्त्रीका लागि सुरक्षा सर्भिलेन्ससहित ५ करोड मूल्यको गाडी खरिद प्रक्रिया अगाडि बढेकोमा गृहमन्त्रीको जवाफ मागेका हुन्। गाडी खरिद प्रक्रिया फागुनदेखि रोकिएकोमा हालै नेपाल प्रहरीले अगाडि बढाएको खबर सञ्चारमाध्यममा आएको सांसद रिजालको भनाइ छ।
‘असार ३ देखि नेपाल प्रहरीले गाडी खरिद प्रक्रिया अगाडि बढाएको खबर एक राष्ट्रिय दैनिकमा आएको छ, गृहमन्त्रीजी के यो साँचो हो?,’ सांसद रिजालले प्रश्न गरे। रिजालले बजेट खर्च गर्ने ठाउँ नपाएर गाडि खरिद गर्न लागेको हो भन्दै प्रश्न पनि गरेका छन्।
‘उत्तर छिमेकको दलको नेपालमा सत्तारूढ दललाई आन्तरिक प्रशिक्षण दिने, आन्तरिक झगडा र सत्ता संतुलन मिलाउन लाग्ने काम उत्तिकै उपाच्य छ,’ उनले भने, ‘यसमा सत्तारूढ दलको ध्यान जाओस्।’
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…