काठमाडौं -प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद मीनेन्द्र रिजालले कोरोना महामारीका बीच सरकारले प्रधानमन्त्रीका लागि गाडी खरिद प्रक्रिया अगाडि बढाएकोमा गृहमन्त्रीको जवाफ मागेका छन्।
मंगलबार प्रतिनिधिसभा संसद बैठकमा धारणा राख्दै सांसद रिजालले प्रधानमन्त्रीका लागि सुरक्षा सर्भिलेन्ससहित ५ करोड मूल्यको गाडी खरिद प्रक्रिया अगाडि बढेकोमा गृहमन्त्रीको जवाफ मागेका हुन्। गाडी खरिद प्रक्रिया फागुनदेखि रोकिएकोमा हालै नेपाल प्रहरीले अगाडि बढाएको खबर सञ्चारमाध्यममा आएको सांसद रिजालको भनाइ छ।
‘असार ३ देखि नेपाल प्रहरीले गाडी खरिद प्रक्रिया अगाडि बढाएको खबर एक राष्ट्रिय दैनिकमा आएको छ, गृहमन्त्रीजी के यो साँचो हो?,’ सांसद रिजालले प्रश्न गरे। रिजालले बजेट खर्च गर्ने ठाउँ नपाएर गाडि खरिद गर्न लागेको हो भन्दै प्रश्न पनि गरेका छन्।
‘उत्तर छिमेकको दलको नेपालमा सत्तारूढ दललाई आन्तरिक प्रशिक्षण दिने, आन्तरिक झगडा र सत्ता संतुलन मिलाउन लाग्ने काम उत्तिकै उपाच्य छ,’ उनले भने, ‘यसमा सत्तारूढ दलको ध्यान जाओस्।’
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…