पाल्पा । तानसेन – रिडी सडक खण्डमा सोमबार गएको पहिरोमा थप एक जनाको शव भेटिएको छ । यो सँगै पहिरोमा परी मृत्यु हुनेको संख्या ४ पुगेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार मृतककाे पहिचान हुन सकेको छैन । तानसेन नगरपालिका वडा नंं ११ सम्मोबारीमा वाटाे माथी वाट गएकाे पहिरोले वाटाे जाम भइ राेकी राखेका ४ वटा सवारी साधन पुरेकाे थियाे । पहिराेमा पुरिएर सोमबार ३ जनाको मृत्यु भएको थियो । दुई जनाको घटनास्थलमै र एक जनाको युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियाे। मृत्यु हनेहरुमा पाल्पाका रिव्दीकोट गाउँपालिका वडा नंं २ देउरालीका ३२ बर्षिय भुवन खाम्चा, कार्भे पाचखाल नगरपालिका वडा नंं ८ हुम्के बजारका निवेश श्रेष्ठ र चितवन भरतपुर महानगरपालिका वडा नंं २९ बाङ्गेसालका २३ बर्षिय विर बहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले पुष्टि गरेको थियाे ।
थप मानविय क्षति भएको हुन सक्ने भन्दै मंगलवार विहानै देखी नेपाली सेना, शसस्त्र प्रहरी र प्रहरी पहिरो स्थलमा परिचालन भएका छन् । प्रत्यक्षदर्शीका अनुसार धेरै जनाले पहिराे नियालि रहेकाे अवस्थामा माथीवाट पहिराे खसेकाे थियाे । जसका कारण अरुपनी क्षेतिभएकाे हुन सक्ने अनुमान गरीएकाे छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…