नेपालमा थप ३२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएसंगै कुल संक्रमीत ५ सय ४८

पाल्पा । नेपालमा थप ३२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । शनिबार बिहान स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको प्रेस वक्तव्य अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशाला भरतपुरमा गरिएको परीक्षणमा
नयाँ सङ्क्रमण पुष्टि भएको हो ।
योसँगै मुलुकमा संक्रमित संख्या ५ सय ४८ पुगेको छ । अहिले कोभिड-१९ पुष्टि भएका संक्रमितमध्ये ८ जना कपिलवस्तुको वाणगंगा नगरपालिकाको हुन् भने १३ जना सर्लाही गोडैता तथा कविलासी नगरपालिकाका र एक जना बारा करैयामाइ गाउँपालिकाका हुन् । यसैगरी अर्का एक ३५ वर्षीय संक्रमित काठमाडौंका पुरूष हुन । यसैगरी प्रादेशिक अस्पताल भैरहवामा गरिएको परीक्षणमा फेला परेका ८ जना संक्रमित रुपन्देहीको गैडहवा र रोहिनी गाउँपालिकाका बासिन्दा हुन् । यस्तै चितवनमा फेलापरेका संक्रमित भरतपुर ६ का बासिन्दा भएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । संक्रमितमा दुई जना महिला र ३० जना पुरूष रहेका छन् । उनीहरु १७ देखि ५५ वर्ष उमेर समुहका रहेका छन । 

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago