कोरोना संक्रमण हुँदैमा मृत्यु हुँदैन : डा. रवीन्द्र पाण्डे , जनस्वास्थ्य विज्ञ ।

नेपालमा कोरोना संक्रमण अन्य देशमा जस्तै फैलियो भने पनि ठूलो संख्यामा हताहत हुने देखिदैन | यसको पछाडी हामीले साधारण ठान्ने तर संक्रमणको कडी तोड्ने, रोग लागेपनि रोगलाई जित्न सक्ने विशिष्ट कारण छन् | डा. पाण्डेले कोरोना संक्रमण हुँदैमा मृत्यु हुँदैन भनि सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ |

कोरोना संक्रमणको भन्दा यो संक्रमणको भ्रमले धेरै नागरिक चिन्तित छन् | सहि सुचना नै मानसिक तनाब न्यून गर्ने प्रमुख कारक हो | तसर्थ यी तथ्यलाई आत्मसात गर्यौं भने कोरोना संक्रमणबाट धेरै आत्तिनु जरुरी छैन |

..

– कोरोना संक्रमण हुँदैमा मृत्यु हुँदैन | कोरोना संक्रमण भएका १०० जना मध्ये ८५ % साधारण लक्षण देखिएर आफै निको हुन्छ | बाँकी १५ % मध्ये आधा बिरामी अस्पतालको आइसोलेसन वार्डमा सामान्य उपचारपछि निको हुन्छन् | बाँकी ७.५ % लाई आइसीयु वा भेन्टिलेटरको आबश्यकता पर्न सक्छ | सघन उपचारपछि ७.५ % मा आधा निको भएर घर फर्किन्छन् | बाँकी ३ % को मात्र मृत्यु हुन्छ | बालबालिका, युवा तथा बयस्कको मृत्युदर नगन्य छ |

– जेष्ठ नागरिक तथा प्रौढहरु जसलाई नियन्त्रण नभएको दीर्घ रोग छ, जोखिमबर्गमा पर्दछन् | जस्तै मुटुको रोग, किड्नीको रोग, टाइप – १ तथा Complication भएको मधुमेह, क्यान्सरको 3rd तथा 4th स्टेजका बिरामी, अंग प्रत्यारोपण गरेका व्यक्ति, कोरोनरी आर्टरी रोग, अनियन्त्रित उच्च रक्तचाप, दीर्घ तथा जटिल स्वाश्प्रश्वासका बिरामी तथा इम्युनोकम्प्रोमाइजड बिरामी जोखिममा पर्छन | जोखिम बर्गका व्यक्तिलाई बिशेष ख्याल गर्नुपर्दछ | बाहिरी वातावरणबाट बचाउनुपर्दछ |

– सेल्फ क्वारेन्टाइन, होम क्वारेन्टाइन, परिक्षण, आइसोलेसन, घरको खाना, बातावरणमा घटेको प्रदुषण, हात धोइरहने बानी तथा अन्य सुरक्षित उपायको कारण कोरोना संक्रमणबाट सिकिस्त हुनेको संख्या २० % बाट घटेर ३ % मा पुगेको छ | अस्पताल जानुपर्ने बिरामीको रेसियो घटेको छ | नयाँ संक्रमित घट्दै गएका छन् |

– सहरमा बस्ने नागरिकमा कोरोना संक्रमणको भन्दा बेरोजगारी, भोकमरी तथा परिवार पाल्ने चिन्ता बढेको छ | मध्यमबर्गका नागरिकको आय / व्ययको सन्तुलन बिग्रेर चिन्तित छन् भने धनी व्यक्तिहरु आफ्नो ब्यबसाय धरासायी भएकोमा चिन्तित छन् | अर्थात हरेक बर्ग चिन्तामा छन् | त्यो चिन्ता पनि समयले निको गर्नेछ | जब कोरोना संक्रमण नियन्त्रणमा आउनेछ, क्रमसः आर्थिक गतिबिधि बढ्नेछन् |

– कोरोना संक्रमणले कृषि पेशालाई सबैभन्दा महत्वपूर्ण पेशा बनाएको छ, बनाउनेछ | जसले आफै उत्पादन गर्छ, उ नै धनी र सम्मानित बन्नेछ | बाँझो जमिनमा मोतिका दाना फल्नेछन् | कृषि तथा पशापंक्षी पालन गर्ने तथा त्यसलाई बजारीकरण गर्ने नयाँ बर्गको उदय हुनेछ | हरेक देश आत्मनिर्भरको गोरेटोमा हिड्नेछन् |

– विश्वव्यापी रुपमा कोरोना संक्रमण बिरुद्धको खोप मान्छेमा परिक्षण गर्ने चरणमा छ | अनुसन्धानले दावी गरेका छन् कि सयौं प्रयोगशालाले छिट्टै खोप प्रमाणित गर्नेछन | खोप आएपछि कोरोना भाइरस हामीबाट इतिहास बन्नेछ | त्यस्तै अहिले संक्रमणको चपेटामा परेका देशहरुले कोरोनाका बिरामीलाई इबोला, एचाइभी \एडस्, मलेरिया तथा जापानी इन्फ्लुएन्जाको औषधि चलाएका छन् | यो उपचारबाट लाखौँ संक्रमित निको भएर घर फर्किएका छन् |

– भारतको MAX लगायतका अस्पतालले प्लाज्मा थेरापीबाट कोभिड-१९ का गम्भीर बिरामीलाई निको गरिरहेका छन् | प्लाज्मा थेरापी संसारभर प्रयोग गरिएको बिधि हो | यो थेरापी नेपालका अस्पतालहरुमा पनि गर्न सकिन्छ | यो सस्तो तथा प्रभाबकारी छ |

– घरमा बस्ने, सरसफाइको ख्याल गर्ने, हल्का व्यायाम गर्ने, योग तथा ध्यान गर्ने, चिन्ता र तनाब नलिने व्यक्तिलाई कोरोना संक्रमणको जोखिम नगन्य हुन्छ | 

– नेपालमा हालसम्म ४५ जना व्यक्तिमा मात्र कोरोना संक्रमण देखिएकोमा ७ जना निको भएर घर फर्किएका छन् | अरु संक्रमितको अवस्था सामान्य छ | कसैलाई पनि आइसीयु / भेन्टिलेटरमा राख्नुपरेको छैन | ती मध्ये आधिभन्दा धेरै भारतीय हुन् |

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago