भगवतीको रथ यात्राको दिन पाल्पामा सार्बजनिक बिदादिने प्रदेश सरकारको निर्णय

बैशाख १०, पाल्पा । राष्ट्रियता जोगाउने पर्वको रुपमा लिइने ऐतिहासिक भगवतीको रथयात्राका दिन पाल्पा जिल्लाभर सार्वजनिक बिदा हुने भएको छ । प्रदेश नम्बर ५ मन्त्रिपरिषदको बुधबार बसेको बैठकले भगवतीको रथयात्राको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । निश्चित पर्व मनाउने समुदाय र त्यो स्थानमा सर्बजनिक बिदा निर्णय भएको प्रदेश नम्बर ५ मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेर बहादुर केसीले जानकारी दिनुभयो । रुकुम र रोल्पामा हुने भूमे पूजा, थारु समुदायले मनाउने बडकवा अतवारी पर्बको दिन थारु समुदाय लाई समेत सार्बजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारले गरेको निर्णयले राष्ट्रिय गौरवको रुपमा मनाउदै आएको भगवती जात्राको प्रचारप्रसार र सम्मानमा इट्टा थपिएको जनाउदै प्रदेश सरकार प्रती आभारी भएको रणउजेश्वरी भगवती गुठीका अध्यक्ष राजेश्वर उदयले जनाउछन ।


नेपालले अंग्रेज सेनालाई युद्धमा पराजित गरी विजय हासिल गरेको खुशियालीमा पाल्पामा विजयोत्सवस्वरुप भगवती जात्रा निकाल्ने गरिन्छ । प्रत्येक वर्ष भाद्र कृष्णपक्षको नवमीका दिनको शुभसाइतमा ब्राह्मणबाट स्वस्ती वाचन गरी तानसेन बिचभागमा रहेको भगवतीको मन्दिरबाट ऐतिहासिक भवगती जात्रा निकाल्ने गरिन्छ । नेपाली सेनाले सलामी दिएर तीनपटक मन्दिर परिक्रमा गराएपछि भगवतीको रथलाइ तानसेनको बजार परिक्रमा गराइन्छ । पाल्पामा भगवती जात्रालाई रथयात्रा अर्थात् सिन्दूरजात्राका नामले पनि चिनिन्छ । पाल्पाली प्रशासकका रुपमा रहेका कर्णेल उजिरसिंह थापाको नेतृत्वमा नेपालले विसं १८७१ पुसदेखि १८७२ जेठसम्म भएको अंग्रेजसँगको युद्धमा बुटवलको जितगढी लगायतका क्षेत्रमा विजय हासिल गरेको सम्झनामा विसं १८७७ देखि निरन्तररुपमा विजयोत्सव भगवती जात्रा मनाइँदै आएको छ । घरेलु हातहतियार र सैनिकको अवस्था समेत कमजोर भएको अवस्थामा बुटवल क्षेत्रलाई अंग्रेजको हातमा पर्न नदिन कर्णेल उजिरसिंह थापाले युद्धमा जानुअघि तानसेनको मध्यभागमा रहेको भगवती देवीको पाउ छोएर युद्धमा विजयी भएमा मन्दिर बनाई सिन्दूरजात्रा गर्नेछु र भगवतीको महिमा चारैतर्फ फैलाउनेछु भनी भाकल गरेका थिए । दुईपटकसम्म बुटवल जितगढी क्षेत्रमा भएको युद्धमा विजयी भएपछि कर्णेल उजिरसिंह थापाले विसं १८७२ देखि ७६ सम्म ४ बर्ष लगाई गजुरसहितको तीनतले मन्दिर निर्माण गरी विसं १९७७ देखि विजयोत्सवका रुपमा भगवती जात्रा निकालिँदै आइएको छ । विभिन्न सङ्घसंस्थाको उपस्थितिमा निकालिने भगवती रथयात्रालाई भजनकीर्तन पञ्चेबाचा, लाखेनाच, विभिन्न सांस्कृतिक झाँकीसहित तानसेन नगर परिक्रमा गराएर पुनः भगवतीको मन्दिरमा लगी विसर्जन गरिन्छ । विजयोत्सव मनाउन पाल्पाको साथै गुल्मी, अर्घाखाँची, कपिलवस्तु, नवलपरासी, चितवन, स्याङ्जा, कास्की काठमाडौ लगायत क्षेत्रबाट निकै उत्साहका साथ अवलोकनका निम्ति भक्तजनहरु तानसेन आउने गर्छन् ।

Comments
Bishawas Acharya

Recent Posts

लोक गायक रामचन्द्र चन्दको सांगीतिक साँझको नाचघरमा स्थलगत र प्राविधिक कामहरू धमाधम

सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा लोक गायक रामचन्द्र चन्दको सांगीतिक साँझको  स्थलगत र प्राविधिक कामहरू…

55 years ago

मिस्टर काठमाडौंको उपाधि जितेको ४ दिनमै प्रकाशको हृदयघातका कारण निधन

काठमाडौं, पाँचौ मिस्टर काठमाडौं शारीरिक सुगठनका विजेता प्रकाश राईको निधन भएको छ । गत शनिबारमात्र…

55 years ago

नेपाली ब्यवसायी संघ जापानको दोस्रो अधिवेशनको तयारी पुरा ।

टोकियो । जापानमा नेपाली ब्यवसायीहरुको संस्था नेपाली ब्यवसायी संघ (NBA) जापानमाम दोस्रो अधिवेशनको तयारी अन्तिम…

55 years ago

सबिन राई एण्ड फारोजको समर्पण टुर लण्डन क्यानडामा कार्तिक १० गते हुने

लण्डन/  लण्डनको प्रतिष्ठित म्युजिक हलमा नेपाली गित र संगीतका बादसहा सबिन राई एण्ड फारोजको समर्पण…

55 years ago

तमुधीं जापानको आयोजनामा टोकियोमा बनभोज (BBQ) कार्यक्रम सम्पन्न

तमुधीं जापानको आयोजनामा टोकियोमा बनभोज (BBQ) कार्यक्रम सम्पन्न टोकियो, जापानमा रहेका गुरुङ (तमु) हरु विच…

55 years ago

विज ग्लोबल विज एकेडमी द्वारा केयर गिभर SSW कार्यक्रम सम्पन्न

विज ग्लोबल (Wiz Globle ) विज एकेडमी (Wiz Academy) एवं योकोहामा वेलफेयर सिटी म्यानेजमेन्ट एसोसिएसन …

55 years ago