केशब दाहाल सबीनको अध्यादेश भित्र गिद्धको बास भन्ने शीर्षक मा कबिता ।
एक हुल गिद्ध
दक्षिणी आकास हुँदै
छिरेछन नेपालभित्र
आकासै ढाकेर
धर्ती नै कालो हुनेगरी
घुस्दै छन रे
सिंहदरबारका लासभित्र आत्मा बनी
कोरोनाको डकार छोडी
स्वादमा फरक ल्याउन
तिनलाइ थाहा छ
बिषले मरेका माछा भन्दा
बल्छिका माछाको स्वाद मीठो
तब त केही दिनदेखी
हिडाउदैछन सडकसडक
थुनेकाछन पर्खालभित्र
भोकभोकै प्यासी बनेर
छटपटाइरहदा
घुटुघुटु थुक निलिबसेका छन
भोक र रोगको चीत्कार
जति जति बाक्लो सुन्छन गिद्धहरु
त्यति त्यति -याल काढिरहन्छन
रोगले मरेका लासभन्दा
मारपिट झगडामा मरेका
लासको स्वाद स्वस्थकर हुन्छ
गिद्धहरु चिरपरिचित छन
सक्दैनन घुस्न नेपालिको सरिरमा
हमेसा घुसिरहेका छन दलाल
अनि कठपुतलिको सरिरमा
फेरि त्यसै गरे
जो पहिले देखि गरि आएका थिए ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…