टाेकियाे, अप्रिल २२ । जापानको राजधानी टोकियोमा बस्दै आएका थप १ नेपालीमा कोरोनाको संक्रमण देखिएको छ । टोकियो स्थित नेपाली दुतावासले दिएको जानकारी अनुसार टोकियो आसपासकै नेपाली रेस्टुरेन्टमा कार्यरत पुरुषमा कोरोनाको संक्रमण देखिएको हो ।
यस अघि सोहि रेस्टुरेन्टमा कार्यरत नेपालीलाई कोरोना संक्रमण भएको थियो । आज थपिएका सहित अन्य २ जना नेपाली कोरोनाको सक्रमितको टोकियोकै अस्पतालमा उपचार भैरहेको छ।
इबाराकी बस्दै आएकी संक्रमित महिलाको भने दोश्रो परीक्षणमा कोरोना नेगेटिभ देखिएको छ । तेस्रो परिक्षण पनि नेगेटिभ भएको खण्डमा डिस्चार्ज गरिने जापानका लागि नेपाली राजदुतावासका उप-नियोग प्रमुख कृष्णकान्त अर्यालले जानकारी दिएका छन् ।
आज एकजना कोरोना संक्रमित थपिय संगै जापानमा कोरोना संक्रमित नेपालीको संख्या ३ पुगेको छ । जापानभर कोरोना संक्रमितको संख्या १३ हजारको हाराहारीमा पुगेको छ । पछिल्लो तथ्यांक अनुसार जापान भर कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको सख्या २९६ पुगेको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…