जापानमा कोरोना संक्रमित नेपालीको संख्या ३ पुगेको छ ।

टाेकियाे, अप्रिल २२ । जापानको राजधानी टोकियोमा बस्दै आएका थप १ नेपालीमा कोरोनाको संक्रमण देखिएको छ । टोकियो स्थित नेपाली दुतावासले दिएको जानकारी अनुसार टोकियो आसपासकै नेपाली रेस्टुरेन्टमा कार्यरत पुरुषमा कोरोनाको संक्रमण देखिएको हो ।

यस अघि सोहि रेस्टुरेन्टमा कार्यरत नेपालीलाई कोरोना संक्रमण भएको थियो । आज थपिएका सहित अन्य २ जना नेपाली कोरोनाको सक्रमितको टोकियोकै अस्पतालमा उपचार भैरहेको छ।

इबाराकी बस्दै आएकी संक्रमित महिलाको भने दोश्रो परीक्षणमा कोरोना नेगेटिभ देखिएको छ । तेस्रो परिक्षण पनि नेगेटिभ भएको खण्डमा डिस्चार्ज गरिने जापानका लागि नेपाली राजदुतावासका उप-नियोग प्रमुख कृष्णकान्त अर्यालले जानकारी दिएका छन् ।

आज एकजना कोरोना संक्रमित थपिय संगै जापानमा कोरोना संक्रमित नेपालीको संख्या ३ पुगेको छ । जापानभर कोरोना संक्रमितको संख्या १३ हजारको हाराहारीमा पुगेको छ । पछिल्लो तथ्यांक अनुसार जापान भर कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको सख्या २९६ पुगेको छ ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago