खाद्यन्न वितरणमा स्थानियतहको अलमल, बिपन्नलाइ सास्ती

किरण कौशल
पाल्पा, १० बैशाख
पाल्पाका स्थानीय सरकारहरुले दोस्रो चरणको खाद्यान्न वितरणमा अलमल गर्दा धेरै मजुदरहरुको घरमा चुल्लो बल्न धौ भएको छ । १५ देखि ३० किलो चामल, बढीमा २ लिटर तेल परिवारको संख्या आधारमा वितरण गरेका आधा महिना बित्यो थप राहत वितरणमा ध्यान पुगेको छैन । खाद्यान्न वितरण गरेको १५ देखि २० भएपनि राहत वितरणको मापदण्ड र विपन्न परिवारको लागत संकलनमा स्थानीय सरकार अलमलिएका छन् । विपन्न परिवार खाद्यान्न विवरण गदै स्थानीय सरकार  पहिलो चरणमा राहत लिन छुटेकाहरु विपन्न परिवार सबैभन्दा ठूलो मारमा परेका छन् । वडाले तथ्याङक संकलन गर्दा जानकारी नभएर वा केही दिनलाई पुगिहाल्छ किन राहत लिने भनेका विपन्न परिवार सबैभन्दा बढी मार परेका छन् । लकडाउन लम्बिएसंगै राहत लिन छुटेकाहरु र खाद्यन्न सकिएकाहरुले जनप्रतितिनिहरुलाई हारगुहार गरेपनि त्यसको सुनुवाइ भएको छैन । गाउँपालिकाले दिएको चामल सकिएको घरमा अन्न छैन र दुकानमा पैशा तिर्न बाँकी छ, त्यसैले बन्दमा खानै सकस भएको बगनासकाली १ चिर्तुङधाराकी ज्ञनीसरा कुमालले बताइन् । जिल्लामा सबै भन्दा पहिला वगनासकाली गाउँपालिका खाद्यान्न विवरण गरेका थियो । बगनासकाली गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद बस्यालले दोस्रो चरणको खाद्यान्न वितरणको तयारी भएको र वैशाख १२ पछि वितरण हुने बताए ।
जिल्लाका दुई नगरपालिका र ८ गाउँपालिका वडाहरु राहत पाउनु पर्ने परिवारहरु छुटेका गुनासाहरु आएका छन् । जिल्लामा झण्डै ६ हजार ३ सय परिवारलाई पहिलो चरणमा खाद्यान्न वितरण गरिएको थियो । स्थानीय सरकारले ३ लाख देखि ३० लाख सम्म खर्च गरेर कम्तिमा एक सय ६० जना देखि बढीमा एक हजार ४ सय ५६ जनालाई चैत्र महिनामा खाद्यान्न बितरण गरेका हुन् ।
स्थायी घर र बसाइ अलग स्थानीय तहमा भएकाहरुले बसेको स्थानीय तहबाट राहत लिन सकेका छैनन् । खाद्यान्न राहत लिन नागरिकतालाई प्रमाणको रुपमा कतिपय स्थानीय तहले लिएका छन् । तानसेन नगरपालिका वडा ६ का तिलक खड्काको तानसेन नगरपालिकाले दिएको खाद्यन्न सकिएकाले अप्ठारो परेको गुनासो गरे । आफ्नो पेशा गरिखान बन्द खुलेन नगरपालिकाले दिने सहुलियतको चालम किन्न त्यती पनि पैशा नभएको उनको भनाइ छ । ४ जना भन्दा बढी संख्या भएकालाई एउटा मापदण्ड बनाएपछि ९÷१० जनाको परिवार भएकाहरुलाई मर्का परेको छ ।
धेरै परिवार संख्या हुनेहरुको स्थानीय सरकारले दिएको खाद्यान्न एक हप्तामै सकिएपछि वडा कार्यालयमा मागहरु आउन थालेको पूर्वाखोला गाउँपालिका वडा १ सिलुवाका अध्यक्ष भोग बहादुर थापाले बताए । पहिलो चरणको खाद्यान्न वितरण गर्दा स्थानीय तहहरुमा एकरुपता नदेखियको गुनासो बढेपछि जिल्ला समन्वय समितिको बैठकले वितरण प्रणालीमा एकरुपता ल्याउन अनुरोध गरेको छ ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago