परम्परागत सँस्कृतिको संरक्षणमा पाल्पाली नाट्य समुह

भबिन्द्र गौतम, १० बैसाख, पाल्पा । लकडाउनको समयमा दिन बिताउन गाह्रो भैरहेको बेला पाल्पाली नाट्यकला साँस्कृतिक समूह भने आफ्ना भेषभुषाका समाग्री मर्मतसम्भारमा लागेको छ । हरेक बर्ष हुने परम्परागत सँस्कृतिक पर्वहरुमा नाट्यकाला मार्फत सँस्कृतिको जगेर्ना गर्ने प्रयोग हुने कपडा, लाखेको मुकुट, कम्मरमा लगाउने धङ्ला, बाध्यबाधनका सामाग्री ढोल, सहनाइ, लगाएत मर्मतसम्भार गरेको हो ।सधैंजसो ब्यस्त देखिने पाल्पाली हास्य कलाकारको रुपमा आफ्नो पहिचान बनाएका पाल्पाली नाट्यकला साँस्कृतिक समूह पाल्पाका अध्यक्ष किरण चित्रकार फुर्सदको समयमा सँस्कृतिको जगेर्नामा आवस्यक पर्ने सामाग्रीको संरक्षण गर्न लागेको बताउछन् । बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको कारण नेपालमा भएको लकडाउनको समय सदुपयोग गर्दै सम्भाबित जोखिमलाई ध्यान दिएर सामाजिक दुरी कायम गरी न्युनतम स्वास्थ्यका मापदण्ड अपनाई आफ्नो कलाका सामानहरु मर्मतसम्भारमा लागेको बताउछन । पाल्पाका पुराना कलाकार तथा साँस्कृतिक समूहका विशेष सहयोगी एवं सल्लाहकार थमनसिंह पौडेल लोप हुँदै गएको हाम्रो साँस्कृतिक कला नयाँ पुस्तालाइ सिकाउन पाउँदा आनन्दको महसुस गर्छन उनि भन्छन अहिलेको पुस्ताले खासै चासो दिदैनन । कोराना भाइरसको महामारीले गर्दा अहिलेको जात्रा देखाउन पाइन्छ कि पाइदैन थाहा छैन तर लकडाउनले गर्दा बहिरको काम नभएको बेलामा सबैजना जुटेर मर्मत सम्भारको काम गरेको उनले बताए । साँस्कृतिक समूहले गाईजात्रा, चुइकी फिराइ, लाखे जात्रा, बाघजात्रा, गाठेमङ्गल लगाएतका जात्रा देखाउदै आएको छ ।

bhabindra gautam

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago