वग्नासकालीका गाउँपालिकाका कार्यपालिका सदस्य र कर्मचारीले राहत काेषमा सहयाेग ।

सन्ताेष गहतराज , पाल्पा १० बैशाख , जिल्लाको बगनासकाली गाउपालिकाका जनप्रतिनिधि र कर्मचारीले राहत कोषमा रकम सहयोग गरेका छन् ।

देशमा कोरोना संक्रमणको जोखिमले जारी लकडाउनमा बिपन्न श्रमिक।समुदायलाई दैनिक गुजारा चलाउन समस्या भएर राहत स्वरुप खाद्यान्न सहयोग गर्ने हेतुले खोलेको राहत कोषमा गाउँकार्यपालिकाका सदस्य र कार्यरत कर्मचारीले कोषमा नगद सहयोग गरेका हुन् । उनीहरुले भत्ता तथा मासिक तलबबाट रकम सहयोग गरि समस्यामा हातेमालो संगै रकमबाट खाद्यान्न किनेर केही परिवारको छाक टार्न ठुलो मद्धत पुग्छ भनेर नगद सहयोग गरेको बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले बताउनुभयो । कार्यपालिका सदस्यको प्रति सदस्य ३ हजारका दरले १७ जनाको ५१ हजार र गाउँपालिकाका स्वास्थ्य शाखा बाहेकका कर्मचारीहरुबाट गरि १ लाख २५ हजार रकम कोषमा राखेको अध्यक्ष बस्यालले जानकारी दिनुभयो । अधिकृत तहको ५ दिन बराबरको र सहायक स्तरको ३ दिन बराबरको तलब कट्टी गरि बिपद् व्यवस्थापन कोषमा राखिएको गाउँपालिकाले जनाएको छ । 

देशमै चुनौतीको रुपमा खडा भएको कोरोनाको सन्त्रासमा जनप्रतिनिधि र कर्मचारीले काममा खटिरहेपनी राहत कोषको रकम केही ठाउँमा हिनामिना भएको गुनासो आइरहेका बेला बगनासकालीका कार्यपालिका सदस्य र कर्मचारीले भने आफैले कोषमा रकम दिएर दु:खमा नागरिकको सेवामा तल्लिन भएका छन् । 

कार्यपालिकाको बैठकका अबसरमा कार्यपालिका सदस्य र स्वयं कर्मचारीले कोषमा सहयोग गर्ने निर्णयलाई सबैले आत्मसाथ गरेको बताउदै गाउपालिका अध्यक्ष बस्यालले देशको जटिल परिस्थिति र बिपन्न समुदायको खातिर स्थापित कोषमा सहयोग दिने सबै जनप्रतिनिधि र कर्मचारीलाई हृदय देखि नै धन्यवाद दिनुभयो । यसैबिच गाउँपालिकाको बिपद् व्यबस्थापन कोषमा सहयोग जुटिरहेको प्रति धन्यवाद दिदै दोस्रो चरणको राहत बितरण प्रक्रिया शुरु गरेको बताउनुभयो ।

पहिलो चरणमा ३ सय ८१ जना बिपन्नलाई राहत बितरण गरेको बगनासकालीले बैशाख ११ गतेसम्म दोस्रो चरणको राहत लिने परिवारको सिफारिस र छानबिन गरि वडा बिपद् व्यवस्थापन समितिले नगरपालिकामा दिइसक्ने समय तोकेको छ । राहत पाउने व्यक्ति ज्याला मजदुरी गर्ने, कुनै पनि पेशा रोजगारी नभएको परिवार र बालक पोषणभत्ता बाहेक कुनै पनि सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने बाहेकको हुनुपर्ने तोकेको छ । यसैगरी गाउँपालिकाले किसानलाई बीउ बितरण गर्ने निर्णय गरेको छ । गाउपालिकाका व्यवसायिक किसानलाई अनुदानमा बीउ बितरण गर्ने निर्णय भएको प्रमुख प्रशासकिय अधिकृत सुन्दर प्रसाद श्रेष्ठले बताउनुभयो ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago