पाल्पा – तानसेन बस्ने गुल्मी स्थायी घर भएका एक युवाको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश स्तरीय प्रयोगशालामा पठाइएको स्वाब परीक्षणबाट नेगेटिभ रिपोर्ट आएको हो । कोरोना संक्रमणको मिल्दोजुल्दो लक्षण देखिएपछि ३२ वर्षका युवाको स्वाब परीक्षणका लागि नमूना पठाइएको थियो । युवाकाे शनिबार बेलुकी मात्र स्वाब परीक्षण गर्न नमूना पठाइएकाे थियाे ।
तानसेनस्थित मिसन अस्पतालले स्वाव परीक्षण गर्न पठाएकोमा रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय पाल्पाका निमिक्त प्रमुख विश्वनाथ न्यौपानेले बताउनुभयो । आफू नेपालमै बस्ने भएपनि विदेशबाट आएका मानिससँग समेत हेलमेल गरेका ती युवालाई केही दिनदेखि ज्वरो आउने, रुघाखोकी लाग्ने र छातीमा समेत केही समस्या देखिएको थियो ।
पाल्पाबाट हालसम्म नौँ जनाको स्वाब परीक्षण गरिएकोमा सबै जनाको नेगेटिभ रिपोर्ट आएको उहाँले जानकारी दिनुभयो । यी युवासँगै पाल्पाबाट अहिलेसम्म ९ जनाको स्वाब परीक्षण गर्न पठाइएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…