सार्क राष्ट्रमा कोरोना संक्रमण अवस्था ।

काठमाडौँ । विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण दक्षिण एशियामा पनि बढ्दै गएको छ । चीनबाट देखिन सुरु भएको कोरोना भाइरसको संक्रमणले इटली, इरान, स्पेन लगाएतका हाँहाकार मच्चिरहँदा दक्षिण एशियामा पनि कोरोनाको त्रास बढेको छ।

शनिबार बिहानसम्म सार्कका ८ देशमा ८ सय १३ संक्रमित भएका छन् भने ९ जनाको ज्यान गएको अन्तराष्ट्रिय सञ्चारमाध्यहरुले जनाएका छन् ।

नेपालमा जोखिम उच्च, संक्रमण शून्य

चीन लगत्तै नेपालमा देखिएको कोरोनाको संक्रमण हाल भने नेपालमा शून्य छ । चीन लगत्तै नेपालमा देखिएको कोरोना संक्रमित उपचारपछि ठिक भएको र त्यसपछि कोहीपनि कोरोनाका बिरामी फेला नपरेको शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालले जनाएको छ। हालसम्म ५ सय बढी संकास्पद बिरामीको कोरोना टेष्ट गरिएको र कसैको पनि पोजेटिभ नदेखिएको अस्पतालका प्रवक्ता अनुप बास्तोलाले डिसी नेपाललाई बताए ।

उनले भने, “अहिलेसम्म करिब ५ सय जना संकास्पद बिरामीको कोरोना टेष्ट गरियो तर अहिलेसम्म कसैमा पनि कोरोना पोजेटिभ देखिएको छैन ।”

पाकिस्तानमा सबैभन्दा बढी संक्रमित

सार्क मुलुकमध्ये सबैभन्दा बढी कोरोनाको संक्रमण पाकिस्तानमा देखिएको छ । पाकिस्तानमा शनिबार बिहानसम्म ५ सय १ जना संक्रमित फेला परेका छन् ।

जसमध्ये ३ जना संक्रमितले ज्यान गुमाएका छन् भने १३ जना नागरिक उपचारपछि घर फर्किएका छन् ।

भारतमा सबैभन्दा बढीको मृत्यु

सार्क मुलुकमध्ये भारतमा कोरोनाको संक्रमणबाट सबैभन्दा धेरै मानिसले ज्यान गुमाएका छन् । भारतमा हालसम्म ५ जनाको ज्यान गएको छ । भारतमा यो समाचार तयार पार्दासम्म २४९ जना मानिस कोरोनाबाट संक्रमित भएका छन् । जसमध्ये शुक्रबार मात्रै २१ जना नयाँ संक्रमित फेला परेका हुन् ।

२३ जना भारतीय नागरिक उपचार पछि घर फर्किसकेका छन् ।

बङ्गलादेश २१ संक्रमित

बङ्गलादेशमा कोरोनाको संक्रमणबाट २१ जना संक्रमित भएका छन् । जसमध्ये १ जना नागरिकको ज्यान गएको छ। ३ जना कोरोना संक्रमित उपचार पछि घर फर्किएको त्याहाँको स्वास्थ्य विभागले जनाएको ।

श्रीलंकामा ७३ जना संक्रमित

सार्क मुलुक श्रीलंकामा शनिबार बिहानसम्म ७३ जना कोरोना भाइरस संक्रमित मानिस फेला परेका छन् । जसमध्ये ३ जना मानिस उपचारपछि घर फर्किसकेका छन् ।

भुटानमा २ जना संक्रमित

भुटानमा कोरोनाबाट जम्मा २ जना संक्रमित फेला परेका छन् । २ जना संक्रमित फेला परेपनि भुटानमा कोरोना भाइरसको प्रभाव स्थिर देखिएको छ।

अफगानिस्तानमा २४ संक्रमित

अफगानिस्तानमा हालसम्म २४ जना कोरोना संक्रमित फेला परेका छन् । अफगानिस्तानमा पनि कोरोना संक्रमण स्थिर छ ।

माल्दिभ्स १३ जना संक्रमित

सार्क राष्ट्र मध्येको सबैभन्दा सानो मुलुक माल्दिभ्समा पनि कोरोनाको संक्रमण देखियको  छ । माल्दिभ्समा हालसम्म १३ जना मानिस कोरोना भाइरसको संक्रमणबा संक्रमित भएका छन् । जसमध्य २ जना संक्रमित उपचारपछि घर फर्किएका छन् ।

‘सार्क आपतकालीन कोष’मा भारतको १० मिलियन नेपालको १० करोड रुपैयाँ

कोरोना संक्रमित कम देखिएपनि कोरोनाका उच्च जोखिममा सार्क मुलुक रहेको भन्दै भारतीय प्रधानमन्त्रीको सक्रियतामा सार्क राष्ट्रको कोरोनाभाइरस विरुद्ध साझा रणनीति बनाउन भिडियो कन्फ़ेन्स बैठक बसेको छ ।

सोहि भिडियो कन्फेंसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना नियन्त्रणका लागी सार्क आपतकालीन कोष स्थापना गर्ने र कोषमा भारतले तत्काल १० मिलियन अर्थात (एक करोड अमेरिकी डलर) दिने घोषणा गरेको छ।

यस्तै नेपाल सरकारले पनि कोरोना भाइरस (कोभिड १९) सार्क आपतकालीन कोषमा १० करोड रुपैयाँ जम्मा गर्ने घोषण गरेको छ । शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त कोषमा १० करोड रुपैयाँ जम्मा गर्ने घोषणा गरेका हुन् ।

विश्वभर ११ हजार ३ सय ९७ जनाको मृत्यु

विश्वभर कोरोना भाइरसको संक्रमणबाट ११ हजार ३ सय ९७ जनाको ज्यान गएको छ । यस्तै शनिबार बिहानसम्म १ सय ८६ देशमा देखिएको कोरोनाका संक्रमणबाट २ लाख ७५ हजार ७ सय ८४ जना संक्रमित भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago