सार्क राष्ट्रमा कोरोना संक्रमण अवस्था ।

काठमाडौँ । विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण दक्षिण एशियामा पनि बढ्दै गएको छ । चीनबाट देखिन सुरु भएको कोरोना भाइरसको संक्रमणले इटली, इरान, स्पेन लगाएतका हाँहाकार मच्चिरहँदा दक्षिण एशियामा पनि कोरोनाको त्रास बढेको छ।

शनिबार बिहानसम्म सार्कका ८ देशमा ८ सय १३ संक्रमित भएका छन् भने ९ जनाको ज्यान गएको अन्तराष्ट्रिय सञ्चारमाध्यहरुले जनाएका छन् ।

नेपालमा जोखिम उच्च, संक्रमण शून्य

चीन लगत्तै नेपालमा देखिएको कोरोनाको संक्रमण हाल भने नेपालमा शून्य छ । चीन लगत्तै नेपालमा देखिएको कोरोना संक्रमित उपचारपछि ठिक भएको र त्यसपछि कोहीपनि कोरोनाका बिरामी फेला नपरेको शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालले जनाएको छ। हालसम्म ५ सय बढी संकास्पद बिरामीको कोरोना टेष्ट गरिएको र कसैको पनि पोजेटिभ नदेखिएको अस्पतालका प्रवक्ता अनुप बास्तोलाले डिसी नेपाललाई बताए ।

उनले भने, “अहिलेसम्म करिब ५ सय जना संकास्पद बिरामीको कोरोना टेष्ट गरियो तर अहिलेसम्म कसैमा पनि कोरोना पोजेटिभ देखिएको छैन ।”

पाकिस्तानमा सबैभन्दा बढी संक्रमित

सार्क मुलुकमध्ये सबैभन्दा बढी कोरोनाको संक्रमण पाकिस्तानमा देखिएको छ । पाकिस्तानमा शनिबार बिहानसम्म ५ सय १ जना संक्रमित फेला परेका छन् ।

जसमध्ये ३ जना संक्रमितले ज्यान गुमाएका छन् भने १३ जना नागरिक उपचारपछि घर फर्किएका छन् ।

भारतमा सबैभन्दा बढीको मृत्यु

सार्क मुलुकमध्ये भारतमा कोरोनाको संक्रमणबाट सबैभन्दा धेरै मानिसले ज्यान गुमाएका छन् । भारतमा हालसम्म ५ जनाको ज्यान गएको छ । भारतमा यो समाचार तयार पार्दासम्म २४९ जना मानिस कोरोनाबाट संक्रमित भएका छन् । जसमध्ये शुक्रबार मात्रै २१ जना नयाँ संक्रमित फेला परेका हुन् ।

२३ जना भारतीय नागरिक उपचार पछि घर फर्किसकेका छन् ।

बङ्गलादेश २१ संक्रमित

बङ्गलादेशमा कोरोनाको संक्रमणबाट २१ जना संक्रमित भएका छन् । जसमध्ये १ जना नागरिकको ज्यान गएको छ। ३ जना कोरोना संक्रमित उपचार पछि घर फर्किएको त्याहाँको स्वास्थ्य विभागले जनाएको ।

श्रीलंकामा ७३ जना संक्रमित

सार्क मुलुक श्रीलंकामा शनिबार बिहानसम्म ७३ जना कोरोना भाइरस संक्रमित मानिस फेला परेका छन् । जसमध्ये ३ जना मानिस उपचारपछि घर फर्किसकेका छन् ।

भुटानमा २ जना संक्रमित

भुटानमा कोरोनाबाट जम्मा २ जना संक्रमित फेला परेका छन् । २ जना संक्रमित फेला परेपनि भुटानमा कोरोना भाइरसको प्रभाव स्थिर देखिएको छ।

अफगानिस्तानमा २४ संक्रमित

अफगानिस्तानमा हालसम्म २४ जना कोरोना संक्रमित फेला परेका छन् । अफगानिस्तानमा पनि कोरोना संक्रमण स्थिर छ ।

माल्दिभ्स १३ जना संक्रमित

सार्क राष्ट्र मध्येको सबैभन्दा सानो मुलुक माल्दिभ्समा पनि कोरोनाको संक्रमण देखियको  छ । माल्दिभ्समा हालसम्म १३ जना मानिस कोरोना भाइरसको संक्रमणबा संक्रमित भएका छन् । जसमध्य २ जना संक्रमित उपचारपछि घर फर्किएका छन् ।

‘सार्क आपतकालीन कोष’मा भारतको १० मिलियन नेपालको १० करोड रुपैयाँ

कोरोना संक्रमित कम देखिएपनि कोरोनाका उच्च जोखिममा सार्क मुलुक रहेको भन्दै भारतीय प्रधानमन्त्रीको सक्रियतामा सार्क राष्ट्रको कोरोनाभाइरस विरुद्ध साझा रणनीति बनाउन भिडियो कन्फ़ेन्स बैठक बसेको छ ।

सोहि भिडियो कन्फेंसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना नियन्त्रणका लागी सार्क आपतकालीन कोष स्थापना गर्ने र कोषमा भारतले तत्काल १० मिलियन अर्थात (एक करोड अमेरिकी डलर) दिने घोषणा गरेको छ।

यस्तै नेपाल सरकारले पनि कोरोना भाइरस (कोभिड १९) सार्क आपतकालीन कोषमा १० करोड रुपैयाँ जम्मा गर्ने घोषण गरेको छ । शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त कोषमा १० करोड रुपैयाँ जम्मा गर्ने घोषणा गरेका हुन् ।

विश्वभर ११ हजार ३ सय ९७ जनाको मृत्यु

विश्वभर कोरोना भाइरसको संक्रमणबाट ११ हजार ३ सय ९७ जनाको ज्यान गएको छ । यस्तै शनिबार बिहानसम्म १ सय ८६ देशमा देखिएको कोरोनाका संक्रमणबाट २ लाख ७५ हजार ७ सय ८४ जना संक्रमित भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

Bishawas Acharya

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago