शरीर बाहिर कति बाँच्छ अनी कसरी सर्ने गर्छ कोरोनाभाइरस ?

गोर्खालीभोईस । कोरोनाभाइरस सङ्क्रमण फैलिइरहेको छ, त्यति नै विभिन्न वस्तुको सतहहरूसँग हाम्रो डर पनि बढिरहेको छ। संसारभर मानिसहरूले नयाँ अभ्यास शुरू गरेको देख्न सकिन्छ। यस्ता अभ्यासमा कुहिनोले ढोका खोल्ने, बस वा रेलमा कतै नसमाई उभिने र कार्यालयमा बिहान आफ्नो टेबुल सफा गर्ने छन्।

कोरोनाभाइरसको सङ्क्रमण धेरै भएका स्थानमा शरीर छोप्ने कपडा लगाएका मानिसहरूले खेलस्थल र सडकहरूमा भाइरस मार्ने औषधि छर्किरहेको देख्न सकिन्छ। कार्यालय, अस्पताल, पसल र भोजनालयहरूमा सफा गर्ने क्रम बढेको छ। श्वासप्रश्वाससम्बन्धी अन्य रोगहरूमा जस्तै कोभिड(१९ मा पनि सङ्क्रमित मानिसले खोक्दा नाक र मुखबाट निस्कने साना थोपाहरूबाट सर्न सक्छ।

एकपटक खोक्दा मानिसले ३,००० थोपा निस्कन्छ। यी थोपाहरू अन्य मानिसहरू वा लुगा वा वरपरका सतहरूमा अड्कन सक्छ र केही साना थोपाहरू हावामै रहन पनि सक्छ। मानिसले गर्ने दिसामा पनि भाइरस हुनसक्छ र शौचालय गएर राम्रोसँग हात नधुँदा पनि हातबाट अन्य सतहमा सर्न सक्छ।

अमेरिकाको सेन्टर्स फर डीजीज कन्ट्रोल एन्ट प्रीभेन्सन सीडीसीले भाइरस सर्ने प्रमुख माध्यम भाइरस भएको सतह हातले छुने र त्यसपछि त्यो हातले अनुहार छुने कार्य नभएको बताएको छ। तर सीडीसी, विश्व स्वास्थ्य सङ्गठन र अन्य स्वास्थ्य संस्थाहरूले हात धोइरहनु र छोइरहने स्थानका सतहहरू दैनिक सफा गर्नु कोभिड–१९ बाट बच्नका लागि आवश्यक भएको बताएका छन्।

तर स्पष्ट नभएको एउटा तथ्य भने कोभिड–१९ रोग लगाउने SARS-CoV-2 नामक भाइरस मानव शरीर बाहिर कति बाँच्न सक्छ भन्ने कुरा हो। अन्य कोरोनाभाइरसमाथि गरिएको अध्ययनहरूले ती भाइरसहरू धातु, ग्लास र प्लास्टिकमा नौ दिनसम्म बाँच्न सक्ने देखाएको छ। जाडो स्थानमा कुनै भाइरसहरू २८ दिनसम्म रहन सक्छन्।

कोरोनाभाइरसहरू अन्य भाइरसभन्दा धेरै बाँच्न सक्छन् र अध्ययनकर्ताहरू यस्तो अवस्थामा नयाँ कोरोनाभाइरस सङ्क्रमणलाई कसरी असर गर्छ भनेर अध्ययन गरिरहेका छन्। यूएस न्याश्नल इन्स्टीट्यूट अफ हेल्थले विभिन्न खाले सतहमा क्ब्च्क्(ऋयख्(द्द कति बाँच्न सक्छ भन्ने अध्ययन गरेको छ।

न्यू इङ्गल्यान्ड जर्नल अफ मेडीसीनमा प्रकाशित उनीहरूको अध्ययन निष्कर्षमा वायुमा ती भाइरस खोकीका थोपामा तीन घण्टासम्म जीवित रहने देखिएको छ।तर सो अध्ययनले SARS-CoV-2 भाइरस कागतमा २४ घण्टासम्म एवम् प्लास्टिक र स्टीलको सतहमा २-३ दिनसम्म जीवित रहने देखाएको छ।

यसको अर्थ यो भाइरस ढोकाका चुकुल र ह्यान्डल, ल्यामिनेट गरिएका टेबुल वा कम्प्युटर कीबोर्डहरूमा लामो समय जीवित रहन सक्छ। ती अध्ययनकर्ताहरूका अनुसार तामाको सतहमा भने ती भाइरस चार घण्टा मात्रै बाँच्न सक्ने देखिएको छ।

तर सजिले उपलब्ध हुने डीस्इन्फेकटरहरूबाट यसलाई छिटै मार्न सकिन्छ। यसका लागि ६२–७१ प्रतिशत अल्कोहल वा ०.५ प्रतिशत हाइड्रोजन प्रेरोक्साइड वा ०.१ प्रतिशत सोडियम हाइपोक्लोराइट भएको सरसफाई उत्पादन प्रयोग गर्न सकिन्छ।

बढी तापक्रम र आर्द्रता भएको स्थानमा कोरोनाभाइरस धेरै बाँच्न नसक्न बताइएको छ। कोरोनाभाइरसको सम्बन्धमा प्रत्येक खोकीको थोपामा कतिवटा भाइरस हुन्छ भन्ने अध्ययन नभए पनि रुघाखोकीको भाइरस भने प्रत्येक थोपामा दशौँ हजारको सङ्ख्यामा हुन्छ। लुगामा कति समय नयाँ कोरोनाभाइरस जीवित रहन्छ भन्ने स्पष्ट छैन।

Bishawas Acharya

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago