सन्तोष गहतराज , पाल्पा । पाल्पा जिल्लाको तिनाउ गाउँपालिकाले पालिकाका ६ वटा वडाहरूमा न्यानो कपडा वितरण गरेको छ ।
तिनाउ गाउँपालिकाको सम्योजन तथा मुख्य मन्त्री ग्रामीण विकास कार्यक्रमबाट पालिकाका ६ वटै वडाका ७५ बर्ष भन्दा माथीका जेष्ठ नागरिकहरूलाई न्यानो कपडा वितरण गरिएको हो । गाउँपालिका अध्यक्ष ओम बहादुर घर्ती मगरका अनुसार अहिले तिनाउ गाउँपालिकामा वडा न १ र ६ का नागरिकहरूको लागि न्यानो कपडा वितरणको कार्यक्रम आए पनि पालिकाको बैठक अनुसारले सबै वडाहरूका जेष्ठ नागरिकहरूको केही भए पनि जाडोको समयमा राहत मोलोस भनी करिब ४७० जना जेष्ठ नागरिकहरूलाई न्यानो कपडा वितरण गरिएको बताउनु भयो । ओखलढुङ्गाको कार्यक्रममा बोल्दै अध्यक्ष घर्ती मगरले ओखलढुङ्गाको अंकुसे बाटोमा ७० लाख बजेटमा सडक ढलान,ताल मुर्थुममा ४५ लाखमा लिफ्टिङ्ग खानेपानी सम्पन्न गरिने,३ करोडको लगानीमा अाेखलढुङ्गा कचल विधुती करण गरिने र १ करोड लागतको चिउरेपानी लिफ्टिङ्ग खानेपानी यसै बर्षबाट शुरू गरिने गाउँपालिका अध्यक्ष घर्ती मगरले बताउनु भयो । वितरणको अन्तिम दिन तिनाउ वडा न १ कचलमा वितरण गरिएको छ । वडा न १ का करिब १०७ जना ७५ बर्ष माथिकालाई जेष्ठ नागरिकहरूलाई वितरण गरिएको थियो । त्यस्तै कार्यक्रममा वडा न १ का वडा अध्यक्ष रोम बहादुर लम्तरीले न्यानो कपडा वितरण कार्यक्रमले जाडोको समयमा जेष्ठ नागरिकहरूले केही भए पनि राहत पुग्ने बताउदै गाउँपालिकालाई धन्यवाद दिनु भयो । न्यानो कपडा वितरण कार्यक्रममा वडाका जेष्ठ नागरिकहरूको उपस्थिति रहेको थियो । जाडोको समयमा गाउँपालिकाले गाउँगाउँमा आई न्यानो कपडा वितरण गरे पछि जेष्ठ नागरिकहरू खुशी भएका थिए ।
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…
शपथथग्रहण समारोहपछि नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की उनका श्रीमान दुर्गा सुवेदी, हामी नेपाल अभियानका सुदन गुरुङ…