रिब्दीकोट गाउँपालिकामा कोभिड नियन्त्रणको लागि स्वास्थ्य सामग्री वितरण ।

पाल्पा । रिब्दीकोट गाउँपालिका स्वास्थ्य शाखाको आयोजनमा कोभिड नियन्त्रणको लागि स्वस्थ्य सामग्री हस्तातरण कार्यक्रम सम्पन्न भएको छ ।

रिब्दीकोट गाउँपालिका स्वस्थ्य शाखा प्रमुख सुनिल अधिकारी पहलमा बिगत ८ वर्ष देखि अस्टेलियामा बस्दै आउनु भएका नेपाली दाजुभाई द्वारा संचालित ब्रिज द ग्याप नेपालको आर्थिक सह्योयमा कोभिड नियन्त्रणको लागि स्वास्थ्य सामग्री गाउँपालिकामा आएको हो । यो सस्थाले नेपालमा विपद ब्यबस्थापन, परिवार नियोजन लगायत स्वास्थ्य सम्बन्धी विविन्न कार्यक्रम गरि सहयोग गरेको रिब्दिकोट गाउँपालिकाका शाखा प्रमुख सुनिल अधिकारी जानकारी दिनु भयो अहिले गाउँपालिकामा वितरण गरिएको कोभिड नियन्त्रण सामग्री पनि सस्थाका सदस्य बिकाश प्रधान को सहयोग र स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीको विशेस पहलमा आएको हो ।

कोभिड नियन्त्रणको लागि का लागी गाउँ पालिका का ८ वटा वडाका सबै स्वास्थ्य सस्थाका प्रमुख तथा प्रतिनिधिलाई फग मेसिन, अटोमेटिक सेनीटैजर मेसिन, ५र५ लिटर सेनीटैजर लगायतका सामग्री वितरण गरिएको हो ।

सामग्री हस्तारण कार्यक्रम मा स्वागत मन्तब्य राख्दै शाखा प्रमुख सुनिल अधिकारीले थोरै भएपनि सहयोग प्राप्त भएकोले कोभिड नियन्त्रणमा सहयोग पुगेको बताउनुभयो । साथै उँहाले स्वास्थ्य सस्था प्रमुखहरुलाई स्वास्थ्य सम्बन्धी जे जस्तो समस्या आएपनि पालिकाको स्वास्थ्य शाखामा जानकारी गराउन अनुरोध गर्नुभयो  । आफुले भर्खर शाखा प्रमुखको जिम्मेवारी सम्हालेको हुनाले आफ्नो जिम्मेवारी अनुसार काम गर्ने बताउनु भयो कार्यक्रममा बोल्दै ब्रिज द ग्यापका प्रतिनिधि मिना प्रधानले महामारी नियन्त्रणको लागि स्वास्थ्य सामग्री पालिकामा वितरण गर्न पाउँदा आफुलाई खुसि लागेको बताउदै स्वास्थ्यको कारण ले कसैले ज्यान गुमाउन नपरोस भन्दै  पालिकाले स्वास्थ्य केन्द्रहरुमा औषधि तथा सामग्री पठाउदा सिमित संख्यामा नपठाउन आग्रह गर्नुभयो ्खस्यौली स्वास्थ्य केन्द्रका प्रमुख डा.अमृत भट्टराई ले महामारीको बेलामा पालिकाले स्वास्थ्य क्षेत्रमा खेलेको भूमिका प्रति जानकारी गराउनुभयो । गाउँपालिकाका प्रवक्ता तथा रिब्दीकोट गाउँपालिको वडा नं ३ का वडा अध्यक्ष बिष्णु प्रसाद खनालले अहिले महामारीको बेला भएकोले स्वास्थ्यकर्मीलाई आफु बचेर अरुलाई बचाउने काममा लाग्न अनुरोध गर्नु भयो । गाउँपालिका उपाध्यक्ष लक्ष्मी खनालले पालिकाबाट अनुगमन गर्दा स्वास्थ्य कर्मीहरु राम्रो सँग खटिएर काम गरेको हुनाले स्थानियहरु खुसि भएको बताउदै स्वास्थ्यकर्मी अझै थप जिम्मेवारीका साथ कोरोना नियन्त्रणमा खटिनको लागि आग्रह गर्नुभयो । कार्यक्रमका अध्यक्ष नारायण बहादुर जी।सी।ले पालिकालाई केहि गर्छुभनी सहयोग गर्ने ब्रिज द ग्याप नेपाल सस्था लाई धन्यवाद दिदै अबको गाउँपालिकाको स्वास्थ्य योजना फरक किसिमले संचालन गर्नकालागि स्वास्थ्य शाखालाई निर्देशन गर्नु भयो । उहाले पालिकामा रहेका सम्पूर्ण स्वास्थ्य केन्द्रको तथ्यांक सहितको रेकड राखेर काम गर्न निर्देशन समेत दिनुभयो । साथै पालिकाले गरेका उपलब्धिहरु संचार मध्यममा लैजान स्वास्थ्य शाखालाई आग्रह समेत गर्नुभयो ्रकार्यक्रम पालिकाका अध्यक्ष नारायण बहादुर जी.सी.को अध्यक्षता ,उपाध्यक्ष लक्ष्मी खनालको प्रमुख आथित्यता र शिव जी.सी.को संचालनमा सम्पन्न भएको थियो ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago