मास्क र सामाजिक दूरीले सङ्क्रमण नियन्त्रण हुन्छः डा पाण्डे

काठमाडौँ उपत्यकामा कोभिड१९ को सङ्क्रमण फैलिरहेकाले उपत्यकावासीले सकेसम्म टीका लगाउन ठूलाबडाकहाँ नजाने जानैपर्दासामाजिक दूरी कायम गर्न जनस्वास्थ्यविद्ले सल्लाह दिएका छन्   यस वर्ष सङ्क्रमण तीव्ररुपमा फैलिरहेकाले फोन वा भिडियोकलबाट आफूभन्दा ठूलासँग आशीर्वाद लिन सकिने जनस्वास्थ्य विशेषज्ञ डा रवीन्द्र पाण्डे सल्लाह दिनुहुन्छ

फोटो फाईल

दशैँका समयमा अझै बढी भीड हुने भएकाले सार्वजनिक सवारी साधन चढ्न नहुने उहाँको सुझाव जानैपर्दा पनि आफन्तको घरनजीक भए हिँडेर वा आफ्नो साधन हुँदा सुरक्षित भएर जानुपर्छ टीका थाप्ने लगाउने दुवै पक्षलाई मास्क प्रयोग तथा घर बाहिरनिस्केपछि मास्क नखान तथा  खानाखाजा नखान पनि उहाँले सल्लाह दिनुभएको  

अहिले आइरहेको दशैँ त्यसपछि आउने तिहार, छठ, ल्होसारले गर्दा बजारमा भीडभाड बढिरहेकामा चिन्ता व्यक्त गर्दै उहाँले यससमयमा  कडाइका साथ सरकारले जनस्वास्थ्यको मापदण्ड पालना गराउन नागरिकले गर्न लाग्नुपर्ने सुझाव दिनुभयो उहाँले भन्नुभयो, “ काठमाडौँका फुटपाथका पसललाई खुलामञ्च वा भृकुटीमण्डपमा सार्नुपर्छ बसहरुमा एक सिटमा एक जना मात्रै बस्नुपर्छ

काठमाडौँ उपत्यका बाहिर जाने नागरिकलाईहोम आइसोलेसनमा बस्न स्थानीय तहले समन्वय गर्नुपर्छ उहाँले भन्नुभयो, “घर जानेव्यक्तिले आफूसँगै सङ्क्रमण लैजाँदा घरका नागरिक जो दीर्घरोगी हुनसक्छन्, लाई पछि गम्भीर असर गर्नसक्छ

सरकारले के ¥यो के गरेन भन्नुभन्दा पनि नागरिक आफैँ सजग हुनुपर्ने डा पाण्डेको सुझाव नेपालमा कोभिड फैलिएको आठमहिनामा पनि अझै नागरिकले मास्क लगाउन, दूरी कायम राख्न भीडभाड नगर्न नसिकेकामा उहाँले चिन्ता व्यक्त गर्नुभयो मास्कलाई नाक, मुख छोपेर सही तरिकाले लगाउँदा सङ्क्रमण फैलन सम्भावना कम हुने देखिएको उहाँले अध्ययन गर्नुभएको   नब्बेप्रतिशतभन्दा बढी नागरिकले सही तरीकाले मास्क लगाउने चीन, भियतनाम, कम्बोडिया, जापानलगायत देशमा कोरोना नियन्त्रणमारहेको उहाँले उदाहरण दिनुभयो ती देशमा नागरिकलाई खोप पनि नचाहिएको सरकारले बन्दाबन्दी नगरेको उहाँले बताउनुभयो उहाँले भन्नुभयो, “जनता अनुशासित हुँदा महामारी घट्छ,  कोरोना चाँडो नियन्त्रणमा आउँछ

काठमाडौँ उपत्यकामा अहिले नै समुदायस्तरमा कोभिड१९ फैलिसकेकाले दशैँ तिहार, छठलगायत चाडपर्वमा सङ्क्रमण अझै धेरैफैलनसक्ने अनुमान विज्ञले गर्दै आएका छन् घर बाहिर हुँदा मास्क नलगाउने भीडभाड गर्नेलाई कारवाही गर्नुपर्ने उहाँले माग गर्नुभयो निजी ठूला अस्पताल केही सरकारी अस्पताललाई कोभिड अस्पताल बनाएर सबै शय्या, जनशक्ति सघन उपचार कक्ष लिन सकिनेउहाँको तर्क उहाँले भन्नुभयो, “त्यसो हुँदा साना अस्पतालबाट अरु दीर्घरोगीले सेवा पनि सक्छन्

अहिले पनि सही तरीकाले मास्क लगाउँदा सामाजिक दूरी कायम गर्दा देखि १२ हप्तामा सङ्क्रमण नियन्त्रणमा आउने डा पाण्डेकोभनाइ यस वर्ष चाडपर्वमा बलि दिने, जात्रा गर्ने, तास खेल्नेलगायत गतिविधि पूरै रोक्नुपर्नेमा उहाँको जोड

चाडपर्वका समयमा कसरी सङ्क्रमण फैलन रोक्न सकिन्छ भनी मुख्यसचिव शङ्करदास वैरागीले गत साता विज्ञसँग सुझाव लिनुभएकोथियो विज्ञले बन्दाबन्दी गरे वा नगरे पनि स्वास्थ्य सुरक्षाको मापदण्ड कडाइका साथ पालना गराउनुपर्ने सुझाव दिएका थिए पहिलेलकडाउनवासटडाउनगर्दा बजार वा सडकमा मात्रै आवतजावत रोकेर बस्ती, चोकमा तरकारी बजारमा भीड रहेको उहाँलेबताउनुभयो उहाँले भन्नुभयो, “अहिले लकडाउन नाम नदिइए पनि भीडभाड हुने स्थानमा सुरक्षाकर्मीको उपस्थिति बढाएर भीड नियन्त्रण मास्कको प्रयोग बढाउनुपर्छ

sp sp

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago