मास्क र सामाजिक दूरीले सङ्क्रमण नियन्त्रण हुन्छः डा पाण्डे

काठमाडौँ उपत्यकामा कोभिड१९ को सङ्क्रमण फैलिरहेकाले उपत्यकावासीले सकेसम्म टीका लगाउन ठूलाबडाकहाँ नजाने जानैपर्दासामाजिक दूरी कायम गर्न जनस्वास्थ्यविद्ले सल्लाह दिएका छन्   यस वर्ष सङ्क्रमण तीव्ररुपमा फैलिरहेकाले फोन वा भिडियोकलबाट आफूभन्दा ठूलासँग आशीर्वाद लिन सकिने जनस्वास्थ्य विशेषज्ञ डा रवीन्द्र पाण्डे सल्लाह दिनुहुन्छ

फोटो फाईल

दशैँका समयमा अझै बढी भीड हुने भएकाले सार्वजनिक सवारी साधन चढ्न नहुने उहाँको सुझाव जानैपर्दा पनि आफन्तको घरनजीक भए हिँडेर वा आफ्नो साधन हुँदा सुरक्षित भएर जानुपर्छ टीका थाप्ने लगाउने दुवै पक्षलाई मास्क प्रयोग तथा घर बाहिरनिस्केपछि मास्क नखान तथा  खानाखाजा नखान पनि उहाँले सल्लाह दिनुभएको  

अहिले आइरहेको दशैँ त्यसपछि आउने तिहार, छठ, ल्होसारले गर्दा बजारमा भीडभाड बढिरहेकामा चिन्ता व्यक्त गर्दै उहाँले यससमयमा  कडाइका साथ सरकारले जनस्वास्थ्यको मापदण्ड पालना गराउन नागरिकले गर्न लाग्नुपर्ने सुझाव दिनुभयो उहाँले भन्नुभयो, “ काठमाडौँका फुटपाथका पसललाई खुलामञ्च वा भृकुटीमण्डपमा सार्नुपर्छ बसहरुमा एक सिटमा एक जना मात्रै बस्नुपर्छ

काठमाडौँ उपत्यका बाहिर जाने नागरिकलाईहोम आइसोलेसनमा बस्न स्थानीय तहले समन्वय गर्नुपर्छ उहाँले भन्नुभयो, “घर जानेव्यक्तिले आफूसँगै सङ्क्रमण लैजाँदा घरका नागरिक जो दीर्घरोगी हुनसक्छन्, लाई पछि गम्भीर असर गर्नसक्छ

सरकारले के ¥यो के गरेन भन्नुभन्दा पनि नागरिक आफैँ सजग हुनुपर्ने डा पाण्डेको सुझाव नेपालमा कोभिड फैलिएको आठमहिनामा पनि अझै नागरिकले मास्क लगाउन, दूरी कायम राख्न भीडभाड नगर्न नसिकेकामा उहाँले चिन्ता व्यक्त गर्नुभयो मास्कलाई नाक, मुख छोपेर सही तरिकाले लगाउँदा सङ्क्रमण फैलन सम्भावना कम हुने देखिएको उहाँले अध्ययन गर्नुभएको   नब्बेप्रतिशतभन्दा बढी नागरिकले सही तरीकाले मास्क लगाउने चीन, भियतनाम, कम्बोडिया, जापानलगायत देशमा कोरोना नियन्त्रणमारहेको उहाँले उदाहरण दिनुभयो ती देशमा नागरिकलाई खोप पनि नचाहिएको सरकारले बन्दाबन्दी नगरेको उहाँले बताउनुभयो उहाँले भन्नुभयो, “जनता अनुशासित हुँदा महामारी घट्छ,  कोरोना चाँडो नियन्त्रणमा आउँछ

काठमाडौँ उपत्यकामा अहिले नै समुदायस्तरमा कोभिड१९ फैलिसकेकाले दशैँ तिहार, छठलगायत चाडपर्वमा सङ्क्रमण अझै धेरैफैलनसक्ने अनुमान विज्ञले गर्दै आएका छन् घर बाहिर हुँदा मास्क नलगाउने भीडभाड गर्नेलाई कारवाही गर्नुपर्ने उहाँले माग गर्नुभयो निजी ठूला अस्पताल केही सरकारी अस्पताललाई कोभिड अस्पताल बनाएर सबै शय्या, जनशक्ति सघन उपचार कक्ष लिन सकिनेउहाँको तर्क उहाँले भन्नुभयो, “त्यसो हुँदा साना अस्पतालबाट अरु दीर्घरोगीले सेवा पनि सक्छन्

अहिले पनि सही तरीकाले मास्क लगाउँदा सामाजिक दूरी कायम गर्दा देखि १२ हप्तामा सङ्क्रमण नियन्त्रणमा आउने डा पाण्डेकोभनाइ यस वर्ष चाडपर्वमा बलि दिने, जात्रा गर्ने, तास खेल्नेलगायत गतिविधि पूरै रोक्नुपर्नेमा उहाँको जोड

चाडपर्वका समयमा कसरी सङ्क्रमण फैलन रोक्न सकिन्छ भनी मुख्यसचिव शङ्करदास वैरागीले गत साता विज्ञसँग सुझाव लिनुभएकोथियो विज्ञले बन्दाबन्दी गरे वा नगरे पनि स्वास्थ्य सुरक्षाको मापदण्ड कडाइका साथ पालना गराउनुपर्ने सुझाव दिएका थिए पहिलेलकडाउनवासटडाउनगर्दा बजार वा सडकमा मात्रै आवतजावत रोकेर बस्ती, चोकमा तरकारी बजारमा भीड रहेको उहाँलेबताउनुभयो उहाँले भन्नुभयो, “अहिले लकडाउन नाम नदिइए पनि भीडभाड हुने स्थानमा सुरक्षाकर्मीको उपस्थिति बढाएर भीड नियन्त्रण मास्कको प्रयोग बढाउनुपर्छ

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago