फोटो फाईल
चाडपर्वको समयमा महँगो भाडा तिरेर हवाई यात्रा गर्न बाध्य जुम्ली नागरिकले सीता एयरले सहुलियत उडान भरेसँगै राहतको महसुस गर्नथालेका छन् । सीता एयरले यही कात्तिक १ देखि सुर्खेत–जुम्ला–नेपालगञ्ज सहुलियत उडान गरिरहेको छ । कोभिड–१९ ले जनजीवनप्रभावित भइरहेका बेला सहुलियत उडान हुन थालेपछि उनीहरु निकै खुशी छन् ।
पहिले रु पाँच हजार ५०० मा तोकिएको भाडा अहिले घटाएर रु चार हजार १०० पुर्याइएको छ । पहिलेको तुलनामा अहिले रु एक हजार४०० कममा उडान भइरहेको छ । ‘गो कर्णाली टुर एण्ड ट्राभल्स’का सञ्चालक ललित महतका अनुसार सहुलियत उडानले अब निरन्तरतापाउने छ ।
कर्णाली पर्यटन उत्थान समितिका संयोजकसमेत रहेका महतले दशैंँमा जिल्ला बाहिर रहेका र जुम्लाबाट घर जाने तयारीमा रहेकानागरिकका लागि सहुलियत उडान शुरु भएको बताउनुभयो । “कोरोनाका कारण सबै क्षेत्र प्रभावित छ । समयमै सस्तो भाडादरमाआवतजावत गर्न सकियोस् भन्ने उद्धेश्यले सहुलियत उडान गरिएको हो ।” उहाँले भन्नुभयो ।
सहुलियत उडानका लागि सीता एयर र गो कर्णालीबीच सम्झौता भएको छ । अन्य एयरलाइन्सले नेपालगञ्ज–जुम्ला वा सुर्खेत–जुम्लाहवाई भाडा रु पाँच हजार ५०० लिइरहेका छन् । सहुलियत उडान शुरु भएपछि झण्डै २०० बढीले यात्रा गरेका छन् । अहिलेनेपालगञ्जका लागि दैनिक उडान भइरहेको छ । यस्तै बिहीबार र शुक्रबार सुर्खेत–जुम्लाको उडान तालिका सार्वजनिक गरिएको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…