सबै कागजात उपलब्ध गराउँदा पनि नागरिकता दिइएन

पाँचथरको हिलिहाङ जोरपोखरी बस्ने योगराज राईको नागरिकताको प्रमाणपत्र हराएको एक वर्ष भयो गत वर्ष काठमाडौँकोकोटेश्वरमा पकेटमारले आफ्नो  सक्कल नागरिकताको प्रमाणपत्र सहितको पर्स चोरेको उहाँले बताउनुभयो सक्कल नागरिकताको प्रतिहराएपछि प्रतिलिपि बनाउनका लागि जिल्ला प्रशासन कार्यालय धाएको एक हप्ता बित्दा पनि  उहाँले प्रतिलिपि पाउनुभएन

प्रतिलिपिका लागि पुरानै नागरिकताको प्रतिलिपि, अनुसूचिबमोजिम  भरेको फाराम, बसाइँसराइँको प्रमाणपत्र,मतदाता परिचयपत्र, वडाकार्यालयको सिफारिस,छोराको नागरिकताको प्रतिलिपि ,श्रीमतीको नागरिकताको प्रतिलिपि भोजपुर जिल्लाको अभिलेख डढेर नष्टभएको जानकारीपत्र सहितको नागरिकता लिन आवेदन गर्दा पनि आफूलाई उक्त कार्यालयले नागरिकता दिन नमानेको राईको गुनासोथियो 

भोजपुर जिल्लाबाट पाँचथरमा बसाइँसराइँ गरेर आउनुभएका उहाँले आफ्नो वा श्रीमतीको नाममा  जग्गाको रजिष्ट्रेशन गराउनु्पर्नेमानगरेका कारण  उहाँको नागरिकता रोकिएको थियो प्रमुख जिल्ला अधिकारी अर्जुन शर्मा गुरागाईले भन्नुभयो,“ उहाँले आफू सरकारीजग्गा हडपेर बसिरहेको तर  कार्यालयमा  आफ्नो वा श्रीमतीको नाममा रहेको जग्गाको धनीपुर्जा ल्याउन भन्दापनि  सक्नुभएन् त्यसैकारणप्रतिलिपि नदिइएको हो राईको नागरिकता भोजपुर जिल्ला प्रशासन कार्यालयले ०४६ साल असार मा बनाइदिएको थियो

उहाँ  ०५६ सालमा पाँचथरमा बसाइँसराइँ गर्नुभएको बसाइँसराइँको पत्र भने ०६६ साल चैत्र १० गते मात्रै ल्याउनुभएको थियो उहाँकै  नागरिकताबाट श्रीमतीको ०६९ साल फागुन २४ गते छोरा अनिलको ०७५ साल वैशाख १३ गते नागरिकता बनाइएको थियो यतिकाप्रमाण हुँदा पनि प्रशासनले नागरिकता बनाइ नदिँदा आफूलाई दुःख लागेको गुनासो गर्दै राईले भन्नुभयो,“  जिल्ला प्रशासनले नागरिकतादिएनभने अदालतको ढोका ढकढक्याउन पनि पछि पर्दिन्

गैर सरकारी संस्था महासङघ प्रदेश का सहसचिव बालकृष्ण ओझाले पनि यतिका धेरै आधार भएर पनि जिल्ला प्रशासनले राईकोनागरिकताको प्रतिलिपि नबनाउनु दुखद भएकाले अविलम्व बनाइदिन आग्रह गर्नुभयो  

sp sp

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago