बीपी प्रतिष्ठानमा कोरोना उपचार शुल्क– ६० हजार धरौटी, दैनिक १५ हजार

सुनसरी, कार्तिक ६ । कोरोनाका जटिल अवस्थाका बिरामीले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्नुपरे ६० हजार रुपैयाँ धरौटी राख्नुपर्ने भएको छ । यससँगै उनीहरूले उपचारकै लागि दैनिक १५ हजार रुपैयाँ खर्चनुपर्नेछ ।

फाइल फोटो

प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा. गौरीशंकर साहले कात्तिक ५ गते साँझ सूचना जारी गर्दै कोरोना संक्रमितको उपचारमा शुल्क तोकिएको जनाएका छन् । संघीय स्वास्थ्य मन्त्रालय मातहतको स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइको निर्देशनअनुसार कोरोना परीक्षण र उपचार शुल्क तोकिएको प्रतिष्ठानले जनाएको छ ।

महामारी, सरुवा रोगको निःशुल्क उपचारलाई संविधानमै मौलिक हकका रूपमा व्याख्या गरिएकोमा प्रतिष्ठानले कात्तिक ८ देखि लागू हुने गरी उक्त शुल्क निर्धारण गरेको हो । यसअनुसार प्रतिष्ठानमा पीसीआर जाँच शुल्क २२ सय, लक्षण नदेखिएका संक्रमितको उपचार गर्न ७ हजार रुपैयाँ, हल्का लक्षण भएकाले १२ हजार रुपैयाँ, मध्यम लक्षण भएकाले ३५ हजार रुपैयाँ र गम्भीर लक्षण भएकाले ६० हजार रुपैयाँ धरौटी राख्नुपर्नेछ ।

यसै गरी लक्षण नभएकाको उपचार शुल्क दैनिक २ हजार, हल्का लक्षण भएकाको ३५ सय, मध्यम लक्षण भएकाको ७ हजार ५ सय र गम्भीर संक्रमितको दैनिक १५ हजार तोकिएको छ । आर्थिक रूपले विपन्न, अशक्त, असहाय, अपांगता भएका र ज्येष्ठ नागरिकको कोरोना संक्रमणको उपचार गर्नुपरे सिफारिस र परिचयपत्रको आधारमा निःशुल्क पीसीआर जाँच गर्ने उल्लेख छ । तर उपचार शुल्कबारे सूचनामा खुलाइएको छैन ।

‘सरकारले दिएको निर्देशन मानेको हो । मैले आफैं शुल्क तोकेको होइन,’ अस्पताल निर्देशक साहले भने, ‘सरकारले नै कोरोना संक्रमितको उपचार आफैं बेहोर्नुपर्ने भनेको छ ।’
Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago