जापान । खाना बनाउने क्रममा प्रेसर कुकर बिस्फोट भई गम्भीर चोट लागेका लम्जुङ्ग दोर्दी गाउँपालिका वडा नं ७ उपल्लो माझखर्क निवासी सुस्मिता गुरुङलाई पन्चासे समाज जापानको संयोजनमा संकलन गरिएको तिन लाख अन्ठाउन्न हजार सहयोग रकम गुरुङलाई पठाईएको छ ।
बाबा आमा नभएकी गुरुङलाई उपचारका लागि काठमान्डौको ग्रान्डी हस्पिटलमा राखिएको छ । बाबा आमा बिते पछि काका धन बहादुर गुरुङले पालन पोषण गरेको सुस्मिता खाना पकाउने समय दुर्धटना परेपछि गुरुङको अनुहार र शरिर जलेको छभने गम्भिर अवस्थामा उपचार गरभईरहेको छ । गम्भिर अवस्थामा उपचार गर्न परेका कारण आर्थिक अभाव भएको जानकरी आएपछि आर्थिक सहयोग संकलन गरिएको पंन्चासे समाज जापानका अध्यक्ष एवं एनआरएन जापानका सदस्य समेत रहेका जिवन गुरुङले बताउनु भयो ।
सुस्मिता गुरुङ सहयोगका लागि जापानबासिबाट तिन लाख अनठाउन्न हजार बहत्तर रुपैया गुरुङका परिवारमा सहयोग रकम उपचारका लागि हस्तान्तरण गरिएको छ । यस अभियानमा सहयोग गर्ने सबै सहयोगदातामा समाजले धन्यबाद दिएको छ ।
करिब एक महिना संचालन गरिएको सुस्मिता गुरुङ सहयोग अभियानको संयोजन जिवन गुरुङ, भोज गुरुङ र रुपेश गुरुङले गरेका थिए ।
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…