काठमाडौं । नेकपाको सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो साढे १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
यसअघि सोमबार बस्ने तय भएको बैठक तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो । त्यसअघि आइतबार तत्कालीन माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा सचिवालय बैठक बसेको थियो । सो बैठकमा मन्त्रिपरिषद सदस्यहरु हेरफेर गर्नेलगायतका विषयमा छलफल भएको थियो ।
आजको बैठकमा भने मन्त्रिपरिषद पुनर्गठनका विषयमा नभएर बाँकी एजेन्डामा छलफल गर्ने कार्यसूची रहेको स्रोतले बतायो ।
संवैधानिक निकायका रिक्त पदमा नियुक्ति, एकताका बाँकी कामलाई पूर्णता, महाधिवेशनको तयारीका लागि साङ्गठिक काम र योजना बैठकको एजेण्डा छ ।
यसैगरी कोरोना महामारीका समयमा सङ्घीय सांसद्ले बैठक भत्ता नलिने र केन्द्रीय सदस्यका लागि आर्थिक सहयोग गर्ने विषय पनि कार्यसूचीमा राखिएको छ ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…