गाउँमा विद्युत् पुगेपछि वाप्लुखाका उपभोक्ताले मनाए खुशीयाली

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने खोटेहाङ गाउँपालिका२ वाप्लुखामा केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार गरिएको छ आर्थिक वर्ष २०७५÷७६ मा गाउँपालिकाले विनियोजन गरेको रु ७५ लाख र नेपाल विद्युत् प्राधिकरणले उपलब्ध गराएको रु एक करोड बराबरको विद्युतीय सामग्रीबाट वाप्लुखामा पहिलोपटक केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार गरिएको हो

देशमा सङ्घीयता लागू भएर स्थानीय तह कार्यान्वयनमा आएसँगै केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तारको कामलाई तीव्रता दिएको गाउँपालिकाले वाप्लुखाको सुम्लेखा र काम्दाखाका ८० घर स्थानीय बासिन्दाको घरमा विद्युत् विस्तार गरेको छ चार सय २५ घरधुरी भएको वाप्लुखाका अन्य टोलमा पनि विद्युतीकरणको कामलाई तीव्रता दिइएको वडाध्यक्ष दिपेन थुलुङले बताउनुभयो

आफ्नो गाउँमा पहिलोपटक केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार भएपछि वाप्लुखाका स्थानीय बासिन्दाले सांस्कृतिक झाँकीसहित खुशीयाली मनाएका छन् लामो समयसम्म अन्धकारमा बस्दै आएका उनीहरुले आइतबार औपचारिक कार्यक्रमको आयोजना गरेर भोजभतेरसहित खुशीयाली मनाएका हुन्

वाप्लुखामा विस्तार गरिएको केन्द्रीय प्रसारण लाइनको विद्युत् परीक्षण सफल भएपछि गाउँपालिका प्रमुख प्रदीपकुमार राई र उपप्रमुख कविता राईले रिवन काटेर औपचारिक उद्घाटन गर्नुभएको थियो किराँत राई समुदायको सांस्कृतिक झाँकी साकेला सिलीसहित आयोजना गरिएको कार्यक्रममा गाउँपालिका प्रमुख र उपप्रमुखले समेत स्थानीय उपभोक्तासँगै खुशीयाली मनाएका छन्

गाउँपालिकाले हाल केन्द्रीय प्रसारण लाइनको विद्युत्को पहुँच पुग्न बाँकी तीन वडामा विद्युतीकरणको कामलाई तीव्रता दिएको गाउँपालिका प्रमुख राईले बताउनुभयो नौ वडा रहेको उक्त गाउँपालिकाको वडा नं १ लिकुवापोखरीलाई मात्र विद्युत्ले छुन बाँकी रहेको गाउँपालिकाले जनाएको छ छमेकी जिल्ला भोजपुरसँग सिमाना जोडिएको लिकुवापोखरीको सिमासम्म मेनलाइन विद्युत् विस्तार भइसकेको जनाइएको छ वडा नं ३ सावाकटहरेमा पनि मेनलाइनमा विद्युत् बलिसकेको गाउँपालिकाले जनाएको छ

आगामी आर्थिक वर्ष सबै वडामा विद्युत् विस्तारको कामलाई पूरा गर्नेगरी चालू आर्थिक वर्ष रु एक करोड बजेट विनियोजन गरिएको गाउँपालिका प्रमुख राईले बताउनुभयो हामी निर्वाचित भएको बेला खोटाङबजार, सिम्पानी, लिच्कीराम्चे र चिप्रिङमा विद्युत्को मेनलाइन मात्र विस्तार भएको अवस्था थियो”, उहाँले भन्नुभयो, “अहिले ४ देखि ९ वडाका ९५ प्रतिशत घरमा विद्युत् पुगिसकेको छ बाँकी रहेको लिकुवापोखरी, वाप्लुखा र सावाकटहरेमा विद्युतीकरणको कामलाई तीव्रता दिएका छौँ

जिल्लाको पुरानो सदरमुकामसमेत रहेको उक्त गाउँपालिकामा हालसम्म वडा नं ४ बड्कादियाले, वडा नं ५ चिप्रिङ, वडा नं ६ इन्द्रेणीपोखरी, वडा नं ७ खोटाङबजार, वडा नं ८ सिम्पानी र वडा नं ९ लिच्कीराम्चेमा ९५ प्रतिशत उपभोक्ताको घरमा विद्युत् पुगिसकेको छ दश स्थानीय तह रहेको जिल्लामा हाल १६ हजार १९४ घर विद्युत् उपभोक्ता रहेका छन्

बुइपा सबस्टेशनमार्फत वितरण गरिने केन्द्रीय प्रसारण लाइनको विद्युत् खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बु गरी तीन जिल्लामा खपत हुने गरेको छ ठेकेदार कम्पनीले ११ केभी प्रसारण लाइनको विद्युत्पोल तथा तारमा ३३ केभी क्षमता थपेपछि दिक्तेलगाईघाट ३३ केभी प्रसारण लाइनको विद्युत् पटकपटक अवरुद्ध हुँदै आएको छ

Sanjay poudyal

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago