यति एयरलाइन्सको आकर्षक प्याकेज, १४ हजारमा ५ दिनको माउन्टेन फ्लाइट २५ हजारमा रारा, १३ हजारमा मुक्तिनाथ दर्शन !

काठमाडौं । आन्तरिक पर्यटकलाई केन्द्रित गर्दै यति एयरलाइन्सले ‘टुर प्याकेज’ सार्वजनिक गरेको छ । ६ महिनादेखि बन्द भएको आन्तरिक उडान खुलेकै दिन सोमबार एयरलाइन्सले विभिन्न गन्तव्यका लागि १६ वटा प्याकेज सार्वजनिक गरेको हो । कोभिड–१९ को महामारीपछि शिथिल बन्दै आएको पर्यटन क्षेत्रलाई ब्युँझाउने प्रयासस्वरुप निकै सस्तो मूल्यमा यस्ता प्याकेजहरु ल्याएको एयरलाइन्सले जनाएको छ । यो प्याकेज अक्टोबर १ देखि लागू हुने समेत जनाइएको छ ।

यति एयरलाइन्सले २२ औं वार्षिकोत्सवको अवसरमा सोमबार राजधानीमा आयोजित कार्यक्रममार्फत् उक्त टुर प्याकेजका साथै मोबाइल एप समेत लञ्ज गरिएको हो । सो अवसरमा एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत अनोज रिमालले २२ वर्षअघि स्थापित यस एयरलाइन्सको वार्षिकोत्सवकै आन्तरिक उडान सुचारु हुनु संयोग भएको भन्दै यो प्याकेजले शिथिल अवस्थामा रहेको पर्यटन क्षेत्रमा पुनर्ताजगी आउने विश्वास व्यक्त गरे ।

२२ वर्षअघि कसरी जहाज थप्ने भन्ने चिन्तामा रहेका एयरलाइन्स कसरी पर्यटन प्रवद्र्धन गर्ने भन्ने अवस्थामा पुगेको भन्दै यसले सुखद संकेत देखाएको उनको भनाई थियो ।

कार्यक्रममा नाट्टाका अध्यक्ष अच्युत गुरागाइँ, टानका अध्यक्ष खुमबहादुर सुवेदी तथा नेपाल पर्यटन बोर्डका प्रतिनिधि समेत उपस्थित थिए । कार्यक्रममा नाट्टाका अध्यक्ष गुरागाइँले लामो समयपछि हवाई उडान खुलेर पर्यटन क्षेत्र ब्युँझिएको भन्दै अब यसको  सर्भाइभ र रिभाइभका लागि मिलेर अघि बढ्नुपर्ने बताए ।

पर्यटन क्षेत्र व्याप्त फुटाउ र राज गरको प्रचलन अन्त्य गर्दै पर्यटन अन्तर्गत सबै क्षेत्र मिलेर अघि बढ्नुपर्ने उनले बताए । उनले पूर्वको पाथीभरादेखि पश्चिमको सिमिकोटसम्मको हिमाली क्षेत्र जोड्ने प्याकेजहरु ल्याउन सक्ने हो भने पर्यटन क्षेत्र निकै फस्टाउने विश्वास समेत व्यक्त गरे ।

 

कस्तो छ यतिले ल्याएको प्याकेज ? 
यतिले ल्याएको सो प्याकेजमा एभरेष्ट ट्रेल अन्तर्गत एभरेष्ट ट्रेल, रारा, पोखरा, चितवन, जोमसोम, अन्नपूर्ण क्षेत्र घान्द्रुक, विराटनगर, भैरहवा, भद्रपुर, भरतपुर, जनकपुर, नेपालञ्ज र तुम्लिङटारलाई केन्द्रित गरिएका छन् ।  एभरेष्ट ट्रेल अन्तर्गत काठमाडौं–लुक्ला–काठमाडौं ४ रात ५ दिनको प्याकेजको मूल्य १३ हजार ९ सय ९९ रुपैंयाँ तोकिएको छ । यसमा जहाज भाडाका अतिरिक्त भ्रमण अवधिको खाना, नास्ता र ट्रेकिङ गाइडको शुल्क समेत समावेश गरिएको एयरलाइन्सले जनाएको छ । सिंगल सप्लिमेन्ट अन्तर्गत एकल रुपमा जाने व्यक्तिलाई भने थप १ हजार रुपैंयाँ लाग्ने जनाइएको छ ।

त्यस्तै, रारा भ्रमणका लागि काठमाडौं–नेपालगञ्ज–ताल्चा–नेपालगञ्ज–काठमाडौं फ्लाइटसहितको प्याकेजको शुल्क २४ हजार ९ सय ९९ रुपैंयाँ तोकिएको छ । यो प्याकेज २ रात ३ दिनको हुनेछ ।  मुक्तिनाथ दर्शन अन्तर्गत ३ रात ४ दिन र ४ रात ५ दिनका प्याकेजहरु घोषणा गरिएका छन् । यो प्याकेजको शुल्क क्रमशः १२ हजार ९ सय ९९ रुपैंयाँ र १६ हजार ९ सय ९९ रुपैंयाँ तोकिएको छ । रारा र मुक्तिनाथ दर्शनका लागि सिंगल सप्लिमेन्ट अन्तर्गत कुनै अतिरिक्त शुल्क लाग्ने छैन ।

त्यसबाहेक पोखरा प्याकेज अन्तर्गत काठमाडौं–पोखरा–काठमाडौं उडानसहित २ रात ३ दिनको प्याकेजको मूल्य ५ हजार ९ सय ९९ रुपैंयाँ, ६ हजार ९ सय ९९ रुपैंयाँ र ७ हजार ९ सय ९९ रुपैंयाँ तोकिएको छ । होटलको प्रकृतिअनुसार यो मूल्य फरक फरक भएको हो । सिंगल सप्लिमेन्ट अन्तर्गत होटल अनुसार क्रमशः १ हजार रुपैंयाँ, २ हजार रुपैंयाँ र १ हजार ५ सय रुपैंयाँ अतिरिक्त शुल्क यो प्याकेजमा तोकिएको छ ।

त्यस्तै, जंगल सफारी चितवनका लागि काठमाडौं–भरतपुर–काठमाडौं उडान र जंगल सफारीसहित २ रात ३ दिनको प्याकेज १२ हजार ९ सय ९९ रुपैंया, १३ हजार ९ सय ९९ रुपैंयाँ र १६ हजार ९ सय ९९ शुल्क निर्धारण गरिएको छ । सिंगल सप्लिमेन्ट अन्तर्गत क्रमशः १ हजार रुपैंयाँ, ४ हजार रुपैंयाँ र ५ हजार ५ सय रुपैंयाँसम्म अतिरिक्त शुल्क तोकिएको छ ।

त्यस्तै, अन्नपूर्ण ट्रेलका लागि काठमाडौं–पोखरा–काठमाडौं हवाई शुल्कका साथै पोखरादेखि घान्द्रकसम्मको यात्राको लागि दुईवटा प्याकेज ल्याइएका छन् । अन्नपूर्ण फुटथ्रिल्स ट्रेल घान्द्रुक अन्तर्गत ५ रात ६ दिनको प्याकेजको ११ हजार ९ सय ९९ र अन्नपूर्ण लक्जरी घान्द्रुक ट्रेल अन्तर्गत ४ रात ५ दिनको प्याकेजको शुल्क १९ हजार ९ सय ९९ रुपैंयाँ शुल्क निर्धारण गरिएको छ ।

क्यारिज्म्याटिक प्याकेज अन्तर्गत २ रात ३ दिन अवधिको पोखरा टुरप्याकेजको मूल्य ६ हजार ९ सय ९९ र १० हजार ९ सय ९९ रुपैंयाँ तोकिएको छ । त्यस्तै, सोही अवधिको विराटनगर र भैरहवाको लागि ७ हजार ९ सय ९९ र ११ हजार ९ सय ९९ रुपैंयाँ तथा भद्रपुर, भरतपुर र तुम्लिङटारको लागि ८ हजार ९ सय ९९ र १२ हजार ९ सय ९९ रुपैंयाँको प्याकेज निर्धारण गरिएको छ ।

सोही अवधिको नेपालगञ्ज प्याकेज भने १० हजार ९ सय ९९ र १४ हजार ९ सय ९९ तोकिएको छ । क्यारिजम्याटिक अन्तर्गतका सबै प्याकेजमा सिंगल सप्लिमेन्ट अन्तर्गत क्रमशः ८ सय रुपैंया र १ हजार ८ सय रुपैंया शुल्क लाग्नेछ । यी प्याकेजहरुमा हवाईजहाज र होटल प्याकेज अन्तर्गत हुनेछन् । यो अवधिमा पर्यटक आफ्नो इच्छाअनुसार घुम्न पाउनेछन् ।

यति एयरलाइन्सले उल्लेखित प्याकेज र साधारण यात्राको अवधिभर स्वास्थ्य सुरक्षाका सबै मापदण्डलाई पालना गर्ने व्यवस्था मिलाएको जनाएको छ । ‘हामीले विश्व स्वास्थ्य संगठन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेका मापदण्डको पूर्ण रुपमा पालना हुनेगरी नेपाल नागरिक उड्डयन प्राधिकरण र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयको निर्देशिकाअनुरुप यति एयरलाइन्स र तारा एयरको छुट्टाटुट्टै कार्यविधि बनाएर सम्बन्धित निकायबाट स्वीकृत समेत गराएका छौं’ एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौंलाले भने, ‘यात्रुलाई सुरक्षित राख्न कर्मचारीहरुलाई तालिम र पूर्वअभ्यास समेत गराइसकेकोले यात्रुहरु निर्धक्क भएर यात्रा गर्न सक्नुहुनेछ ।’

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago