निषेधाज्ञाको पहिलो दिन शुनसान बन्यो तानसेन र सिद्धार्थ राजमार्ग

पाल्पा ।  कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिएपछि नियन्त्रणको प्रयास स्वरुप पाल्पा जिल्ला भरी एक हप्ताका लागि निषेधाज्ञा लागु भएपछि जनजीवन पूर्ण रुपमा प्रभावित भएको छ ।

निषेधाज्ञाका कारण अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरिएका छन् । सवारी साधनको सञ्चालन रोकिएको छ भने समुहमा सर्वसाधारणको हिँडडुल प्रतिबन्धित छ । निषेधाज्ञाका कारण सिद्धार्थ राजमार्गको पाल्पा खण्ड सुनसान छ । राजमार्गमा सडक फराकिलो गर्ने काम भैरहेको छ ।

त्यस्तै निषेधाज्ञाको पहिलो दिन शनिबार सरकारी तथा अन्य कार्यालय बन्द भएका कारण पनी पाल्पाको सदरमुकाम तानसेन, रामपुर, हार्थोक, छहरा, प्रभास, डुम्रे आर्यभन्ज्याङ्ग लगाएत पाल्पाका ब्यापारिक क्षेत्रहरुमा सुनसान देखिएको छ ।

बिहानको ७ देखि १० बजे सम्म अत्यावश्यक दैनिक उपभोग्य सामानको बिक्री तथा खरिदका लागि खुला गरिएको छ । कोरोना संक्रमितको संख्या बढ्ने संभावना देखिएपछी शुक्रबार मध्यरातिदेखि पाल्पा जिल्लाभरी पाल्पा प्रशासनले निषेधाज्ञा लागु गरिएको हो ।

तानसेन बिशालबजारकी एक महिलालाई कोरोना संक्रमण देखिएपछी समुदायमा जोखिम बढेको भन्दै उनको सम्पर्कमा रहेका ३ सय पैतिस जनाको कोरोना परिक्षण गरिएको थियो । जसमध्ये ३ सय २० जनाको रोपोर्ट आइसकेको छ । उनिहरु सबैको नेगेटिभ रिपोर्ट आएको जिल्ला स्वास्थय कार्यालय पाल्पाले जनाएको छ ।

bhabindra gautam

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago