काठमाडौँ– सरकारले आगामी भदौ १६ गतेबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्ने निर्णय गरेको छ। अन्तर्राष्ट्रिय उडानका क्रममा पीसीआर परीक्षण सहज भएका मुलुकहरुबाट मात्रै यात्रुहरु ल्याउन पाइने सरकारले जनाएको छ।
शुक्रबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं अर्थमन्त्री डा. युवराज खतिवडाले मलेशिया, चीन, क्यानडा, युएई, दक्षिण कोरिया, हङकङ, युरोपेली मुलुक, जापान, अष्ट्रेलिया तथा अमेरिकाबाट नियमित उडानमार्फत यात्रु ल्याउन सकिने बताए।
मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै खतिवडाले भने, ‘पीसीआर परीक्षणको व्यवास्था नभएको देशबाट नियमित ल्याउन नपाउने, सम्बन्धित दूतावासको सिफारिसमा मात्र ल्याउन पाइने। विमान उड्नुभन्दा कम्तिमा ७२ घण्टा अघिको पीसीआर नेगेटिभ रिपोर्ट चाहिन्छ।’
सरकारको निर्णय बमाेजिम मात्रै यात्रुहरु ल्याउन पाइने छ। मन्त्री खतिवडाले भने, ‘नेपाल सरकारको निर्णय बमोजिम नेपाल आउन चाहने नेपाली नागरिक, विदेशी नियोगका कुटनीतिज्ञ र कर्मचारी, संयुक्त राष्ट्र संघ, विकाश साझेदार संस्थाका कर्मचारी तथा प्रतिनिधिहरुलाई मात्र नेपाल ल्याउने गरी नियमित उडान गर्न पाइने छ।’
पर्यटन मन्त्रालयले जारी गरेको कार्यतालिका अनुसार प्रत्येक दिन पाँच सयजनाका दरले नेपाल वायु सेवा निगम वा निजी क्षेत्रका विमानमार्फत ल्याइनेछ।
विदेशबाट आउनेले कम्तिमा १४ दिन क्वारेन्टिनमा अनिवार्य बस्नुपर्ने निर्णय पनि सरकारले लिएको छ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…