भदौ १६ बाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन हुने, यात्रुको पीसीआर ‘नेगेटिभ’ रिपोर्ट अनिवार्य

काठमाडौँ– सरकारले आगामी भदौ १६ गतेबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्ने निर्णय गरेको छ। अन्तर्राष्ट्रिय उडानका क्रममा पीसीआर परीक्षण सहज भएका मुलुकहरुबाट मात्रै यात्रुहरु ल्याउन पाइने सरकारले जनाएको छ।

शुक्रबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं अर्थमन्त्री डा. युवराज खतिवडाले मलेशिया, चीन, क्यानडा, युएई, दक्षिण कोरिया, हङकङ, युरोपेली मुलुक, जापान,  अष्ट्रेलिया तथा अमेरिकाबाट नियमित उडानमार्फत यात्रु ल्याउन सकिने बताए।

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै खतिवडाले भने, ‘पीसीआर परीक्षणको व्यवास्था नभएको देशबाट नियमित ल्याउन नपाउने, सम्बन्धित दूतावासको सिफारिसमा मात्र ल्याउन पाइने। विमान उड्नुभन्दा कम्तिमा ७२ घण्टा अघिको पीसीआर नेगेटिभ रिपोर्ट चाहिन्छ।’

सरकारको निर्णय बमाेजिम मात्रै यात्रुहरु ल्याउन पाइने छ। मन्त्री खतिवडाले भने, ‘नेपाल सरकारको निर्णय बमोजिम नेपाल आउन चाहने नेपाली नागरिक, विदेशी नियोगका कुटनीतिज्ञ र कर्मचारी, संयुक्त राष्ट्र संघ, विकाश साझेदार संस्थाका कर्मचारी तथा प्रतिनिधिहरुलाई मात्र नेपाल ल्याउने गरी नियमित उडान गर्न पाइने छ।’

पर्यटन मन्त्रालयले जारी गरेको कार्यतालिका अनुसार प्रत्येक दिन पाँच सयजनाका दरले नेपाल वायु सेवा निगम वा निजी क्षेत्रका विमानमार्फत ल्याइनेछ।

विदेशबाट आउनेले कम्तिमा १४ दिन क्वारेन्टिनमा अनिवार्य बस्नुपर्ने निर्णय पनि सरकारले लिएको छ।

 

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago