अख्तियारमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्ध उजुरी ।

काठमाडौ ।  स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।

इनफ इज इनफका अभियन्ताहरुले स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको भन्दै छानबिनको माग गरी उजुरी दिएका हुन्।

अभियन्ताहरुले आयोगमा स्वास्थ्य मन्त्री ढकाल, स्वास्थ्य सचिव लक्ष्मण अर्याल, स्वास्थ्य सेवा विभागका महानिर्देशक दिपेन्द्र रमण सिंह लगायत ओम्नीका सञ्चालक दुर्गा प्रसाद बेलबासे, भानुभक्त भट्टराई र प्रमुख कार्यकारी अधिकृत तुल हरि सिंह भुसाल विरुद्ध उजुरी दिएका हुन्।

यस्तै उनीहरुले स्वास्थ्य सामग्री खरिदमा सम्बन्ध देखिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार बिष्णु रिमाल, तत्कालिन स्वास्थ्य सचिव यादव कोइराला र स्वास्थ्य सेवा विभागका प्रमुख महेन्द्र श्रेष्ठ उपरसमेत छानबिनको माग गरेका छन्।

अभियन्ताका तर्फबाट सात जनाले अख्तियारमा दिएको उजुरीमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता/विज्ञको सम्पत्ति छानबिन गर्न माग गरिएको छ यसैगरी इनफ इज इनफका अभियन्ताहरुले स्वास्थ्य मन्त्रालयमा सूचनाको हक प्रयोग गरि कोभिड–१९ व्यवस्थापनमा सो मन्त्रालयले गरेको पूर्ण खर्चको विवरण माग गरेका थिए।

Bishawas Acharya

Recent Posts

बिर्तामोड रन प्रतियोगिता–२०८२ : विजेताहरू सम्मानित

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago