त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरू आजबाट खुल्ने स्थगित परीक्षा भदौ पहिलो सातादेखि गर्ने तयारी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयका सबै क्याम्पसहरु आज बुधबारदेखि नै पुनः सञ्चालन हुने भएका छन् । त्रिभिुवन विश्वविद्यालयको रजिष्ट्रारको कार्यालय, सुचना जनसम्पर्क महाशाखाले मंगलबार विज्ञप्ति जारी गरी नियमित पठनपाठन र पुस्तकालय सञ्चालन गर्ने जनाएकाे छ।

सरकारले निषेध गरेको बाहेक अन्य कार्यहरु नेपाल सरकारले जारी गरेको स्वास्थ्य निर्देशिका २०७७ अवलम्बन गर्दै सञ्चालन गरिने विज्ञप्तिमा जनाइएको छ । नियमित पठनपाठन नहुँदासम्म वैकल्पिक पठनपाठन भने सञ्चालन हुनेछन् ।

कोरोना भाइरसको संक्रमण शुरु भएसँगै सबै क्याम्पस तथा कार्यालयहरु २०७६ चैत १० गतेदेखि बन्द गरिएको थियो। जसमा सरकारले २०७७ चैत ११ गतेबाट राष्ट्रव्यापी लकडाउनको घोषणा गरेका कारण सो अवधिभरका लागि त्रिविका क्याम्पसहरुको शैक्षिक गतिविधि स्थगित रहेको थियो।

विश्वविद्यालयको प्रशासन २०७७ असार १ गतेदेखि खुले पनि शिक्षकहरुलाई भने सार्वजनिक बिदा दिइदै आएको थियो। मंगलवार सरकारले लकडाउन अन्त्य गर्ने निणर्य गरेसँगै उक्त सार्वजनिक बिदा समाप्त गरी शैक्षिक गतिविधि पुनः सञ्चालनमा आउन लागेको हो।

सार्वजनिक यातायात चल्न थालेपछि विद्यार्थीहरू परीक्षा केन्द्र आउन लाग्ने समय मध्यनगर गर्दै स्थगित परीक्षाका मिति तय गरिनेछ,’ उनले भने।

विद्यार्थीहरू परीक्षाका लागि तयार रहेकोले स्वास्थ्य सुरक्षा मापदण्डअनुसार पूरानै प्रणालीअनुसार परीक्षा सञ्चालन गर्ने तयारीमा आफूहरू रहेको पनि उनले जानकारी दिए।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago