त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरू आजबाट खुल्ने स्थगित परीक्षा भदौ पहिलो सातादेखि गर्ने तयारी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयका सबै क्याम्पसहरु आज बुधबारदेखि नै पुनः सञ्चालन हुने भएका छन् । त्रिभिुवन विश्वविद्यालयको रजिष्ट्रारको कार्यालय, सुचना जनसम्पर्क महाशाखाले मंगलबार विज्ञप्ति जारी गरी नियमित पठनपाठन र पुस्तकालय सञ्चालन गर्ने जनाएकाे छ।

सरकारले निषेध गरेको बाहेक अन्य कार्यहरु नेपाल सरकारले जारी गरेको स्वास्थ्य निर्देशिका २०७७ अवलम्बन गर्दै सञ्चालन गरिने विज्ञप्तिमा जनाइएको छ । नियमित पठनपाठन नहुँदासम्म वैकल्पिक पठनपाठन भने सञ्चालन हुनेछन् ।

कोरोना भाइरसको संक्रमण शुरु भएसँगै सबै क्याम्पस तथा कार्यालयहरु २०७६ चैत १० गतेदेखि बन्द गरिएको थियो। जसमा सरकारले २०७७ चैत ११ गतेबाट राष्ट्रव्यापी लकडाउनको घोषणा गरेका कारण सो अवधिभरका लागि त्रिविका क्याम्पसहरुको शैक्षिक गतिविधि स्थगित रहेको थियो।

विश्वविद्यालयको प्रशासन २०७७ असार १ गतेदेखि खुले पनि शिक्षकहरुलाई भने सार्वजनिक बिदा दिइदै आएको थियो। मंगलवार सरकारले लकडाउन अन्त्य गर्ने निणर्य गरेसँगै उक्त सार्वजनिक बिदा समाप्त गरी शैक्षिक गतिविधि पुनः सञ्चालनमा आउन लागेको हो।

सार्वजनिक यातायात चल्न थालेपछि विद्यार्थीहरू परीक्षा केन्द्र आउन लाग्ने समय मध्यनगर गर्दै स्थगित परीक्षाका मिति तय गरिनेछ,’ उनले भने।

विद्यार्थीहरू परीक्षाका लागि तयार रहेकोले स्वास्थ्य सुरक्षा मापदण्डअनुसार पूरानै प्रणालीअनुसार परीक्षा सञ्चालन गर्ने तयारीमा आफूहरू रहेको पनि उनले जानकारी दिए।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago