तिनाउको ७ औं गाउँसभा कृषि उत्पादनलाई प्राथमिकता

सन्तोष गहतराज, पाल्पा । कृषिलाई प्राथमिकतामा राखेर तिनाउ गाउँपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आर्थिक बर्ष ०७७/७८ का लागि सोमबारदेखि सुरु ७ औं गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष ओमबहादुर घर्तिले व्यवसायीक कृषि उत्पादन र बजारीकरणमा प्रोत्साहन गर्ने गरी गाउँपालिका ग्रामिण इलाकालाई सडक सञ्जालमा जोड्ने योजनाहरु सार्वजनिक गरेका छन् । घर्तीका अनुसार भौगोकि विकटताले आर्थिक रुपमा पछिपरेको तिनाउँको आर्थिक उन्नतिको प्रथम विकल्प कृषि र पर्यटनलाई जोड दिने गरी आगामी बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो ।

नीति तथा कार्यक्रमका विशेषताहरु :
कृषि तथा पशुपालन
कृषि, पशुपालन तथा सिञ्चाईलाई तिनाउको आर्थिक सम्वृद्धिको पहिलो आधार मानिएको छ । ओखलढुङ्गा, कुडापानी, दोभान, झुम्सा, लग्दुवा, सत्यवती, कोलडाँडा र मस्याम लगायत क्षेत्रलाई तरकारी पकेट क्षेत्रको रुपमा विकास गरिने भएको छ । ओखलढुङ्गामा अमृसो, माहुरी पालन र बाख्रा पालन पकेट क्षेत्र बनाउने, कचल, झ्याङ्ला र लग्दुवालाई अदुवा पकेट क्षेत्र, वेरुवा, ज्यामिरे, सत्यवती, मरामकोट, कोलडाँडालाई दालचिनी पकेट क्षेत्र, सत्यवती, मस्यामलाई कफि उत्पादन क्षेत्र तथा सिस्नेखोला झ्याङ्लालाई माछा पालन क्षेत्रको रुपमा विकास गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । यसैगरी भुतखोला, अर्घाछापलाई च्याउ उत्पादन पकेट क्षेत्र, झिगामारा, ठूलीउदाङ, हरियाली, बेसी ज्यामिरे, कोलडाँडा गिनचौर, हात्तिकोट ओढारखोला, पाताल क्षेत्रलाई बाख्रा पालन क्षेत्रको रुपमा विकास गरिने भएको छ । नीति तथा कार्यक्रममा दोभान डुम्रे क्षेत्रमा दुग्ध उत्पादन, झिगामारा, झ्याङ्ला, मरामकोट, लगाड, सुकेताल र जन्तीलुङ क्षेत्रमा कुखुरा पालन पकेट क्षेत्रको रुपमा विकास गरिने उल्लेख छ । मस्याम क्षेत्रलाई वृहत कागती खेती, विस्कुनडाँडा, घुँघराछापलाई बँगुर पालन क्षेत्रको रुपमा विकास गरिने भएको छ । नीति तथा कार्यक्रमले व्यवसायीक कृषि उत्पादनलाई जोड दिँदै उन्नत जातका बिउविजन उपलब्ध गराउने, ५० प्रतिशन अनुदानमा कृषि औजार उपलब्ध गराउने, आवश्यकता अनुसार कृषि उपज संकलन केनद्रको निर्माण, पशु तथा कृषि विमामा ५० प्रतिशत अनुदान लगायतका व्यवस्था गर्ने भएको छ ।
सडक विस्तार र स्तरोन्नती
गाउँपालिका अन्तरगत रहेका सबै वडाहरुलाई जोड्दै सडकको स्तरोन्नती र मर्मत सम्भारलाई प्राथमिकतामा राखिएको नीति तथा कार्यक्रममा वडा नम्बर १ का लागि आरखोदी-हात्तिमारा क्षेत्रमा ग्राभेल, खुर्साने कचल मोटरबाटोमा पर्ने कुर्मान खोलामा कलभर्ट निर्माण तथा रानिबगिया–झिगामारा कचल मोटरबाटो ग्राभेल प्राथमिकतामा परेका छन् । यसैगरी वडा नम्बर २ को दोभान, झ्याङ्ला, खुल्खुले, हरियाली हुँदै हापुर, नुवाकोट गणेश टोल दोभान रिङरोटले प्राथमिकता पाएको छ । घोडेवास, बडहरे, मारावास, सुकेताल हुँदै पासकुण्ड, डोल र घोडेवास रिङरोटलाई पनि प्राथमिकतामा पारिएको छ । झुम्सा, वेरुवा, चौकीभन्ज्याङ, हात्ति टोल हु्ँदै गिजीन्चौर, डुडाखोला, झुम्सा रिङरोडका लागि पनि नीति तथा कार्यक्रमले सम्बोधन गरेको छ । मरेक सिस्नेखोला मस्याम अन्तरगत पर्ने सिस्नेखोलामा कलभर्ट निर्माण, डुम्रे विकास डाँडा, कोलाङ, चिदिस हुदै सिखरडाँडा, गुफाचौर मोटर बाटोको स्तरोन्नतीका लागि नीति तथा कार्यक्रममा समेटिएको छ । तिनाउ गाउँपालिकाका अधिकांश क्षेत्र चुरेक्षेत्रमा पर्ने भएकोहुँदा त्यस क्षेत्रमा सडक विस्तार तथा स्तरोन्नतीका लागि प्रदेश सरकार तथा संघीय सरकारसँग समन्वय गरिने भएको छ ।
संस्कृति र पर्यटन
तिनाउको आर्थिक सम्वृद्धिका लागि विकल्पका रुपमा देखिएको पर्यटनको विकासलाई नीति तथा कार्यक्रमले प्राथमिकता दिएको छ । नीति तथा कार्यक्रममा अविरल पार्क, गुफाचौर, देवीस्थान, कौडेलेक, माइला चौर पार्क, बोक्से खोला झरना, भूतखोला सिद्ध सरोबर, खुलखुले पार्क, अव्राहम पार्क, भर्तृहरी पार्क, चुनुमाया स्मृति पार्क, रेम्वो पार्क लगायतका पर्यटकीय गन्तव्य बन्न सक्ने क्षेत्रहरु प्राथमिकतामा परेका छन् । यसैगरी सुकेतालमा सञ्चालिन होमस्टेलाई थप व्यवस्थित बनाइने भएको छ भने अन्य ठाउँमा होमस्टे निर्माण तथा सञ्चालन, ऐतिहासिक क्षेत्रहरुको पहिचान विकास गरिने उल्लेख छ ।
स्वास्थ्य र शिक्षा
तिनाउका सबै सामुदायिक विद्यालयकोहरुको भौतिक पूर्वाधारको विकास तथा आवश्यक पुस्तकालयहरुको निर्माण, सबै वडा तथा गाउँ क्षेत्रहरुमा स्थापना गरिएका स्वास्थ्य इकाईहरुमा सेवा वृद्धि लगायतका कुराहरुलाई प्राथमिकतामा राखिएको छ ।
तिनाउ गाउँपालिकाको नीति तथा कार्यक्रम कृषि तथा पर्यटन लक्षित रहेको हुँदा लक्ष्य हासिल हुन सकेमा स्थानिय स्वरोजगार बन्न सक्ने देखिन्छ ।

bhabindra gautam

Recent Posts

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago

सुनसरी–१ मा हर्कराज राई (हर्क साम्पाङ) विजयी, मेयरबाट राजीनामा दिएर बने सांसद

सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…

56 years ago