पाल्पा । तानसेन नगरपालिका ११ सम्मोबारीमा पहिरोले दुई वटा गाडी बगाउँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ । तिनजना मध्ये दुईजनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मिसन अस्पताल तानसेनमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख पृथ्वीनारायण काफ्लेले जानकारी दिएका छन् । काफ्लेका अनुसार मृतकहरुको सनाखत हुन बाँकी रहेको छ ।
तानसेन बाट रिडी तर्फ जाँदै गरेका सवारी साधन लाई पहिरोले बगाएको हो । पहिरोमा २ गाडी पुरिएको अवस्थामा रहेका छन । अहिले एक वटा मोटरसाइकल पनि पहिरोले पुरिएको अवस्थामा भेटिएको छ । एक वटा मिनी ट्रक र पानी बोक्ने ट्यांकर पहिरोले बगाएको अवस्थामा रहेका छन । स्थानीय तहहरुले वर्षातसँगै जथाभावी बाटो निर्माण गरेपछि पाल्पामा पहिरोको जोखिम बढेको छ ।
पहिरो गएको स्थानमा तानसेन नगरपालिकाले केही समयदेखि बाटो चौडा गरेको थियो ।२ दिन देखी लगातार को बर्षाले तानसेन नगरपालिकाको ढुङ्गाखानी, सम्मोबारी, तिनलाकुरि, बर्तुङ्ग, लगाएत पाल्पाका १ दर्जन भन्दा धेरै स्थानमा पहिरो गएको छ ।
थप विवरण दिने प्रयासमा छौ ।
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…
सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…
झापा, फागुन २४ — प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत झापा क्षेत्र नम्बर–४ मा राष्ट्रिय स्वतन्त्र पार्टी…