पहिरोले ४ सवारीसाधन पुरिँदा २ को मृत्यु, थप विवरण बाँकी

पाल्पा । पाल्पा – गुल्मी सडकखण्डको तानसेन ११ बन्दीपोखरा स्थित सम्मोबारीमा पहिरोले गाडी पुरिएको छ । पहिरोमा परी गाडीमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु भएका दुई जना पुरुष रहेका छन । घटनामा एक जना पुरुष घाइते भएका छन ।

घाइते तथा मृतक सबैजनाको सनाखत भएको छैन । घाइतेको उपचारका लागी तानसेन तर्फ पठाइएको छ । ४ वटा गाडीहरू पहिरोले बगाएको घटनास्थलबाट जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब निरीक्षक पृथ्वीनारायण काफ्लेले बताए । उनका अनुसार लु१त १९२८ नम्बर को टेङकर, लु२ख १३७६ नम्बरको मिनिट्रक, लु१च ७०११ नम्बरको कार, लु१च ७०४३ नम्बरको पिकअप भ्यानलाई पहिरोले पुरेको हो। तानसेनबाट रीडीतर्फ जादै गरेका सवारी साधन पहिरोले पुरिएका हुन । बाटो जाम भै लाइनमा बसेका सवारी साधन पुरिएका हुन । गाडीहरु क्षतविक्षत् अवस्थामा भीरमा अड्किएका छन । घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र स्थानीय उद्वार कार्यमा जुटिरहेका प्रनानी काफ्लेले जानकारी दिए । घटनाबारे थप विवरण आउन बाँकी छ ।

bhabindra gautam

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago