कृषि ज्ञान केन्द्रकाे ५० प्रतिशत अनुदानमा कृषि जन्य सामाग्री हस्तान्तरण

सन्ताेष गहतराज पाल्पा ।
पछिल्लो समयमा मानिसहरू कृषि पेशामा अाकर्षित भएका छन । काेराेनाका कारण लकडाउन भए सँगै सहर पसेका मानिसहरूले बाझाे वारि खनेर खेती गरेका छन । यसरी कृषि प्रती मानिसहरूकाे रुचि बढिरहेको समयमा कृषि ज्ञान केन्द्र पाल्पाले रम्भा गाउँपालिकाकाे अगाहा खाेलामा स्थानीय उन्नत जातकाे अालु पर्वर्धन कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा कृषि जन्य सामाग्री हस्तान्तरण गरेको छ ।


कृषि ज्ञान केन्द्रले अार्थिक बर्ष २०७६/०७७ काे स्थानीय उन्नत जातका अालु प्रवर्धन कार्यक्रम अन्तर अनुदानमा स्थानीय उन्नत जातकाे अालु, स्पेयर,तथा तथा अन्य उत्पादनका सामाग्री हस्तान्तरण गरेकाे हाे ।

कृषि ज्ञान केन्द्रका सुचना अधिकारी सन्ताेष पाठकका अनुसार रम्भा गाउँपालिका ३ अगाहा खाेलामा रहेकाे अगाहा खाेला कृषि सहकारीलाई उन्नत जातकाे अालु करिब १ हजार के जी (करिब २० राेपनी क्षेत्रफलका लागि ),स्पेयर ८ वटा,डिजिटल तराजु २ वटा,तरकारी बाेक्ने क्यारेट १ सय १६ वटा,साना कृषि सहकारी उपकरणहरू ( काेदालाे तथा फरूवा २४ वटा) र एक सुचना पाटी राखिएको बताउनु भयाे ।


पाल्पा ज्ञान केन्द्रका प्रमुख शिव प्रसाद अर्यालले रम्भा गाउँपालिका अालु खेती लागि उपयुक्त ठाउ भएकोले अहिले ज्ञान केन्द्रले रम्भा गाउँपालिका सँग सहकार्य गरि स्थानीय उन्नत जातका अालु प्रवर्धन कार्यक्रम ल्याएकाे बताउदै यसबाट गाउँपालिकाका करिब २ सय १२ जना कृषकहरू लाभान्वित हुने बताउनु भयाे ।

पाल्पाको रम्भा गाउपालिकामा गत बर्ष स्थापना गरिएको करिब २५ मेट्ीकटन क्षमता सित भण्डारमा अहिले १० मेटि्रकटन अालुकाे बीउ,३५ बाेराे प्याज तथा ५ केजी अन्य तरकारी राखिएको रम्भा गाउँपालिका अध्यक्ष अध्यक्ष बिष्णु भण्डारीले बताउनु भयाे । सित भण्डार निर्माण भए सँगै कृषकहरूले उत्पादन गरेकाे तरकारी उत्पादन भई खेर जान्छ कि भन्ने चिन्ताबाट बच्चित रहेकाे बताउनु भयाे । उक्त शीत भण्डार स्थानीय तह ,भुमि व्यवस्था तथा कृषि तथा सहकारी मन्त्रालयकाे सहकार्य निर्माण भएको हाे ।
अहिले रम्भा गाउँपालिकामा शीत भण्डार निर्माण भए सँगै यहाका कृषकहरूले तरकारी उत्पादन गरि खेर जाने समस्या भाेग्न परेको छैन ।

Sanjay poudyal

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago