Categories: समाचार

कृषि ज्ञान केन्द्रकाे ५० प्रतिशत अनुदानमा कृषि जन्य सामाग्री हस्तान्तरण

सन्ताेष गहतराज पाल्पा ।
पछिल्लो समयमा मानिसहरू कृषि पेशामा अाकर्षित भएका छन । काेराेनाका कारण लकडाउन भए सँगै सहर पसेका मानिसहरूले बाझाे वारि खनेर खेती गरेका छन । यसरी कृषि प्रती मानिसहरूकाे रुचि बढिरहेको समयमा कृषि ज्ञान केन्द्र पाल्पाले रम्भा गाउँपालिकाकाे अगाहा खाेलामा स्थानीय उन्नत जातकाे अालु पर्वर्धन कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा कृषि जन्य सामाग्री हस्तान्तरण गरेको छ ।


कृषि ज्ञान केन्द्रले अार्थिक बर्ष २०७६/०७७ काे स्थानीय उन्नत जातका अालु प्रवर्धन कार्यक्रम अन्तर अनुदानमा स्थानीय उन्नत जातकाे अालु, स्पेयर,तथा तथा अन्य उत्पादनका सामाग्री हस्तान्तरण गरेकाे हाे ।

कृषि ज्ञान केन्द्रका सुचना अधिकारी सन्ताेष पाठकका अनुसार रम्भा गाउँपालिका ३ अगाहा खाेलामा रहेकाे अगाहा खाेला कृषि सहकारीलाई उन्नत जातकाे अालु करिब १ हजार के जी (करिब २० राेपनी क्षेत्रफलका लागि ),स्पेयर ८ वटा,डिजिटल तराजु २ वटा,तरकारी बाेक्ने क्यारेट १ सय १६ वटा,साना कृषि सहकारी उपकरणहरू ( काेदालाे तथा फरूवा २४ वटा) र एक सुचना पाटी राखिएको बताउनु भयाे ।


पाल्पा ज्ञान केन्द्रका प्रमुख शिव प्रसाद अर्यालले रम्भा गाउँपालिका अालु खेती लागि उपयुक्त ठाउ भएकोले अहिले ज्ञान केन्द्रले रम्भा गाउँपालिका सँग सहकार्य गरि स्थानीय उन्नत जातका अालु प्रवर्धन कार्यक्रम ल्याएकाे बताउदै यसबाट गाउँपालिकाका करिब २ सय १२ जना कृषकहरू लाभान्वित हुने बताउनु भयाे ।

पाल्पाको रम्भा गाउपालिकामा गत बर्ष स्थापना गरिएको करिब २५ मेट्ीकटन क्षमता सित भण्डारमा अहिले १० मेटि्रकटन अालुकाे बीउ,३५ बाेराे प्याज तथा ५ केजी अन्य तरकारी राखिएको रम्भा गाउँपालिका अध्यक्ष अध्यक्ष बिष्णु भण्डारीले बताउनु भयाे । सित भण्डार निर्माण भए सँगै कृषकहरूले उत्पादन गरेकाे तरकारी उत्पादन भई खेर जान्छ कि भन्ने चिन्ताबाट बच्चित रहेकाे बताउनु भयाे । उक्त शीत भण्डार स्थानीय तह ,भुमि व्यवस्था तथा कृषि तथा सहकारी मन्त्रालयकाे सहकार्य निर्माण भएको हाे ।
अहिले रम्भा गाउँपालिकामा शीत भण्डार निर्माण भए सँगै यहाका कृषकहरूले तरकारी उत्पादन गरि खेर जाने समस्या भाेग्न परेको छैन ।

Comments
Sanjay poudyal

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago