पाल्पा । लगातारको वर्षा संगै अएको वाढीले बगाउँदा एक महिलाको मृत्यु भएको छ । रम्भा गाउँपालिका १ हुँगीमा र्झिदी खोलाले बगाउँदा खोलाखेत हुँगीकी ७१ वर्षकी मनकुमारी सारुको मृत्यु भएको वडा अध्यक्ष कृष्णप्रसाद रेग्मीले वताए । दैनिक उपभोग्य सामग्री किन्नको लागि हुँगीको पन्टार बजार आउँदै गर्दा उनलाइ खाेलाले बगाएको थियो । स्थानीयले खोजी गर्ने क्रममा उनको शव कालिगण्डकी नदी किनारमा फेला पारेका थिए । उनीसँगै गएकी अर्की एक महिला भने सकुशल रहेकी छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाको उध्दार टिम घटनास्थल तर्फ गएको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ । फाइल फाेटाे ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…