पहिलोपटक सशस्त्रको गस्ती कालापानी सीमाको १ नम्बर पिलरमा

सशस्त्र प्रहरी बलको गस्ती टोली पहिलो पटक कालापानीको त्रिदेशीय सीमा नाका १ नम्बर पिलर पुगेको छ ।

सशस्त्र प्रहरी निरीक्षक लिलिबहादुर चन्द नेतृत्वको २५ जना सशस्त्र प्रहरीको टोली नेपाल-चीन सीमा १ नम्बर सीमा स्तम्भसम्म पुगेको हो।

व्यासको छांगरूमा स्थापना भएको सशस्त्र प्रहरीको टोली नेपाल-चीन सीमा क्षेत्रमा पुगेर फर्किएको छ।

३ असारमा फोर्स मार्चमा हिँडेको सशस्त्रको टोली हिजो, ६ असारमा १ नम्बर पिल्लर पुगेर फर्किएको सशस्त्र प्रहरी बल नम्बर ५० गुल्मका डीएसपी डम्बरबहादुर बिष्टले जानकारी दिए।

सीमा सुरक्षामा खटिएको छाङरु बोर्डर आउट पोस्ट (बीओपी) को टोली गस्तीका क्रममा पहिलो पटक १ नम्बर पिलर पुगेको हो ।

यसअघि सशस्त्र प्रहरी बलको टोलीले छाङरु आउट बोर्डर आशपास मात्रै गस्ती गर्ने गरेको थियो ।

केहीदिन अघि सशस्त्र प्रहरी बलका आईजीपी शैलेन्द्र खनाल र प्रधानसेनापति पूर्णचन्द्र थापाको छाङरु भ्रमण गरेपछि सशस्त्र प्रहरी बलको टोलीले कालापानीको १ नम्बर पिलर पुगेको हो ।

सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको आधिकारिक नक्सा जारी गरेपछि कालापानी क्षेत्रको सुरक्षा सतर्कता बढाइएको छ ।

गत बैशाख ३१ गते दार्चुलाको ब्यास गाउँपालिका १ स्थित छाङरुमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरिएको थियो ।

“३ असारमा फोर्स मार्चमा गएको टोली नेपाल चीन सीमा क्षेत्रको १ नम्बर पिल्लर क्षेत्र पुगेर फर्किएको छ। छांगरूमा बीओपी स्थापना भएपछि पहिलोपटक त्यहाँ पुगेको हो”, डीएसपी बिष्टले भने।

एक महिनाअघि छाङ्‍रुमा बोर्डर आउट पोस्ट स्थापना भएपछि त्यस नजिकको क्षेत्रमा मात्रै सशस्त्रले गस्ती गर्दै आएको थियो।

तर पहिलो पटक छाङ्‍रुबाट करिब ३० किलोमिटर पश्चिमको त्रिदेशीय सीमास्थित पिलर नम्बरसम्म गस्ती गर्दै सशस्त्रको टोली पुगेको हो।

अहिले पनि हिउँ जमिरहेको उक्त ठाउँमा भौगोलिक कठिनाइका बावजुद सशस्त्रको टोली पुगेको हो।

३१ असारमा छांगरूमा सशस्त्र प्रहरीको बीओपी स्थापना गरिएको थियो। २५ जनाको टोलीले नेपाल, भारत र चीन त्रिदेशीय सीमा क्षेत्रमा नियमित गस्ती गरिरहेको उनकाे भनाइ छ।

सशस्त्रको टोलीले लिपुखोलामा भारतीय पक्षले लगाएको काठेपुल समेत हटाएको छ। आफ्नो क्षेत्रमा सशस्त्र प्रहरीले नियमित गस्ती गर्न थालेपछि व्यासवासीले सुरक्षाको अनुभूति गर्न थालेका छन्।

सीमा सुरक्षार्थ खटिएका सशस्त्रले सीमा क्षेत्रमा हुने अन्य अपराधिक गतिविधिहरू पनि न्यूनीकरण हुने अपेक्षा स्थानीयको छ।

सरकारले गत जेठ ७ गते भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, कालापानी र लिपुलेकसहित समेटेर नयाँ नक्सा जारी गरिसकेको छ।

उक्त नक्सा संसदका दुवै सदनबाट पारित भएर राष्ट्रपतिबाट लालमोहर लागेपछि राजपत्रमा प्रकाशित भइसकेको छ। सरकारले भारत र चीन दुवैतर्फ आफ्नो सीमा क्षेत्रमा विशेष सतर्कता बढाएको छ। शनिबार मात्रै चीनसँग सीमा जोडिएको हुम्लाको हिस्सामा पनि बोर्डर आउट पोस्ट स्थापना गरिएको छ।

Sanjay poudyal

Recent Posts

हार्दिक आईभिएफले प्राप्त गर्‍यो ISO प्रमाणपत्र : अब नेपालमै विश्वस्तरीय फर्टिलिटी सेवा

काठमाडौं – नेपालको अग्रणी फर्टिलिटी केन्द्र हार्दिक आईभिएफले ISO 9001:2015 प्रमाणपत्र प्राप्त गर्दै आफ्नो सेवा…

55 years ago

बिस्केट जात्राले भक्तपुरमा नयाँ वर्षको रौनक थप्यो 

८ चैत — बिस्का (बिस्केट) जात्रा तथा नयाँ वर्ष २०८२ को अवसरमा भक्तपुरमा भव्य शुभकामना…

55 years ago

टोकियो विश्वविद्यालयले सन् २०२७ देखि नयाँ विभाग सुरु गर्दै, जसअन्तर्गत सबै कक्षाहरू अङ्ग्रेजी भाषामा संचालन गरिनेछ

काठमाडौँ, टोकियो विश्वविद्यालयले सन् २०२७ को सेप्टेम्बरदेखि एक विशेष पाँच वर्षीय संयोजन स्नातक र स्नातकोत्तर…

55 years ago

झापा बिर्तामोडका डा. सुमन खरेल प्रगतिशील प्राध्यापक संगठनको महासचिव पदका उम्मेदवार

बिर्तामोड — नेपाल प्रगतिशील प्राध्यापक संगठनको आसन्न ११औँ केन्द्रीय अधिवेशनका लागि झापा, बिर्तामोडका डा. सुमन…

55 years ago

रवि लामिछाने पक्राउ

काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासको…

55 years ago

आन्तरिक र बाह्य दबाबमा महानगर प्रमुख बालेन्द्र साह

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)सँग आन्तरिक र बाह्य शक्तिहरू असन्तुष्ट बन्दै गएका…

55 years ago