कुवेतबाट आज पनि फर्कँदै, आममाफी पाएका १२१४ नेपाली स्वदेश फर्किए

कोरोना सङ्क्रमण कारण कुवेत सरकारले दिएको आममाफी पाएका १ हजार २ सय १४ जना नेपाली जजिरा एयरको ८ वटा उडान मार्फत काठमाडौं पुगिसकेका छन् ।

गत जेठ २९ गते पहिलो दुई उडान मार्फत २९९ नेपाली स्वदेश ल्याइदिएको थियो। जेठ ३० गते १४९, असार ३, ४, ५ र ६ गते हरेक दिन १५० जना र असार ७ गते १६६ जना नेपाली पुर्याइदिएकाे हो ।

कुवेत सरकारले घोषणा गरेको आममाफी कार्यक्रममा सहभागी भाई हाल कुवेतको विभिन्न क्याम्पमा रहेका नेपालीहरूलाई स्वदेश फिर्तीको कार्य भइरहेको समेत कुवेतस्थित नेपाली दूतावासले जनाएको छ । साथै कुवेतको विभिन्न क्याम्पमा रहेका नेपालीहरूलाई स्वदेश फिर्तीको कार्य भइरहेको समेत कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ।

अतः क्याम्पमा रहेका र क्याम्प बाहिर रहेका बिभिन्न कम्पनी तथा अन्य क्षेत्रमा कार्य गरी नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीलाई पनि शीघ्र नेपाल फर्काउन दूतावासले सम्बन्धित निकायहरूसँग परामर्श र समन्वय गरी रहेको जनाएकाे छ । चाँडै उडान शुरू गर्न सघाउ पुर्याउने उद्देश्यले संभावित यात्रुहरूको नामावली समेत दूतावासले प्रकाशित गरेको साथै छुटेकाहरूको नामावली पनि क्रमशः प्रकाशित गरिँदै लगिने जनाएको छ ।

आममाफी पाएका २ हजार ९ सय ९३ जनालाई कुवेत सरकारले २ महिना अगाडिदेखि छुट्टै सेल्टरमा राख्दै आएको थियो। कुवेत सरकारले आफैँ जहाज चार्टर गरी उनीहरुलाई नेपाल पुर्याइ दिएको छ । सेल्टरमा अब १ हजार ७ सय ७९ नेपाली स्वदेश फर्कने पर्खिरहेका छन् भने आज पनि नेपाली लिएर जजिरा एयर काठमाडौँको लागि उडेको छ ।

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago