कोरोना सङ्क्रमण कारण कुवेत सरकारले दिएको आममाफी पाएका १ हजार २ सय १४ जना नेपाली जजिरा एयरको ८ वटा उडान मार्फत काठमाडौं पुगिसकेका छन् ।
गत जेठ २९ गते पहिलो दुई उडान मार्फत २९९ नेपाली स्वदेश ल्याइदिएको थियो। जेठ ३० गते १४९, असार ३, ४, ५ र ६ गते हरेक दिन १५० जना र असार ७ गते १६६ जना नेपाली पुर्याइदिएकाे हो ।
कुवेत सरकारले घोषणा गरेको आममाफी कार्यक्रममा सहभागी भाई हाल कुवेतको विभिन्न क्याम्पमा रहेका नेपालीहरूलाई स्वदेश फिर्तीको कार्य भइरहेको समेत कुवेतस्थित नेपाली दूतावासले जनाएको छ । साथै कुवेतको विभिन्न क्याम्पमा रहेका नेपालीहरूलाई स्वदेश फिर्तीको कार्य भइरहेको समेत कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ।
अतः क्याम्पमा रहेका र क्याम्प बाहिर रहेका बिभिन्न कम्पनी तथा अन्य क्षेत्रमा कार्य गरी नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीलाई पनि शीघ्र नेपाल फर्काउन दूतावासले सम्बन्धित निकायहरूसँग परामर्श र समन्वय गरी रहेको जनाएकाे छ । चाँडै उडान शुरू गर्न सघाउ पुर्याउने उद्देश्यले संभावित यात्रुहरूको नामावली समेत दूतावासले प्रकाशित गरेको साथै छुटेकाहरूको नामावली पनि क्रमशः प्रकाशित गरिँदै लगिने जनाएको छ ।
आममाफी पाएका २ हजार ९ सय ९३ जनालाई कुवेत सरकारले २ महिना अगाडिदेखि छुट्टै सेल्टरमा राख्दै आएको थियो। कुवेत सरकारले आफैँ जहाज चार्टर गरी उनीहरुलाई नेपाल पुर्याइ दिएको छ । सेल्टरमा अब १ हजार ७ सय ७९ नेपाली स्वदेश फर्कने पर्खिरहेका छन् भने आज पनि नेपाली लिएर जजिरा एयर काठमाडौँको लागि उडेको छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…