पाल्पा । नेपालमा थप ३० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । शुक्रवार थप पुष्टि भय सङ्गै संक्रमण हुनेको सङ्ख्या ४८७ पुगेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको वक्तव्य अनुसार काााठमाडौ र चितवनमा गरिएको परीक्षणमा नयाँ सङ्क्रमण पुष्टि भएको हो। पुष्टि भएका व्यक्तिहरू नवलपरासी पूर्व, चितवन, सर्लाही र कपिलवस्तुका भएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
मन्त्रालयका अनुसार पुष्टि भएकामध्ये तीन जना नवलपरासीका, दुई जना चितवनका, नौ जना कपिलवस्तुका र १८ जना सर्लाहीका हुन्। उनीहरू आठ वर्षदेखि ७३ वर्षसम्मका छन्।
डा. अधिकारीका अनुसार नयाँ भेटिएका सङक्रमितमध्ये तीन जनालाई चितवनको कोभिड-१९ विशेष अस्पतालमा राखिएको छ। अन्य सङ्क्रमितहरू भने विभिन्न स्थानका क्वारन्टीनमा रहेका र उनीहरूलाई उपचारका लागि अस्पताल लग्न लागिएको अधिकारीले जानकारी दिए।
सबै प्रदेशमा कोभिड-१९ भएका व्यक्ति फेला परेका छन्। अहिले प्रदेश नं ५ र २ मा सर्वाधिक सङ्क्रमित छन् ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…