व्यस्त बन्दै निस्दीका शिक्षकहरु ।

होम राई मगर , पाल्पा , बैशाख ९ । विश्वव्यापी महामारी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट बच्न जारी लकडाउनको सदुपयोग गर्दै विभिन्न क्षेत्रमा कार्यरत पेशाकर्मी कामकाजमा व्यस्त हुने गरेका छन् ।

घरमै बसेर खेतीपातीको काम गर्ने,करेसाबारीमा तरकारी लगाउने र घरायसी काममा यतिखेर अधिकाम्शको दैनिकी बनेको छ । शिक्षण पेशालाई आफ्नो कर्म क्षेत्र बनाएका लक्ष्मी मावि निस्दी गाउँपालिका वडा नम्बर-३,झिरुबास,पाल्पाका प्रधानाध्यापक पदम बहादुर थापा बिहान-साँझ आफ्नो खेत र बारीमा व्यस्त रहेको बताउनुहुन्छ । गौरीशंकर मावि निस्दी-४,मित्यालका प्रधानाध्यापक केश बहादुर सुनारीको “बारीमा अहिले गोलभेडाको ७ वटा  टनेल रहेको त्यसमा पानी राख्ने,गोडमेल गरेर दिन बितेको बताउनुहुन्छ ।” सुनारीले भन्नुभयो “विद्यालयमा ४ कोठे ब्लक भवन निर्माण भइरहेको थियो लकडाउन पछि काम नियमित सन्चालनमा रोकियो तैपनि गाउँकै ४/५ जना ज्यामी लगाएर भएपनि कामलाई सम्पन्न गर्ने बिचार गरेको छु । यो समय बारीमा मकै छर्ने काम भएकोले मकै छर्ने र घाँस दाउरामा समेत व्यस्त रहेको बताउनुहुन्छ ।” यसैगरी निस्दी-२,सहलकोटमा रहेको बालहित माविका प्रधानाध्यापक नवलसिङ्ग बिरकट्टा भने यो अवधिमा स्वअध्ययनलाई प्राथमिकता दिएको बताउनु हुन्छ । उहाँ थप्नुहुन्छ “अध्यापन गर्नलाई स्वअध्ययन आवश्यक हो त्यसैले पाठ्यपुस्तकका साथै अन्य सन्दर्भ श्रोतहरु खोजेर अध्ययन गरेको बताउनुभयो । 

एसइइ परीक्षाको तयार रहेका विद्यार्थीलाई पढाईमा जोड दिन र रेडियोबाट प्रसारित भएको दुर शिक्षा कार्यक्रम सुन्न विद्यार्थी र अभिभावकलाई फोन मार्फत सुझाव दिएको गोरखनाथ माध्यमिक विद्यालय अर्चलेका प्रधानाध्यापक इश्वरी प्रसाद अर्यालले बताउनुभयो । उहाँले भन्नुभयो “यो समयमा तरकारी लगायो,गोडमेल गर्यो,श्रीमतीलाई घरको काममा सघायो यसरी नै बित्दैछ लकडाउनका दिनहरु ।” शिक्षक महा संघ निस्दीका अध्यक्ष समेत रहनुभएका अर्यालले गरीब तथा बिपन्न परिवारका लागि राहत वितरण कार्यक्रमलाई थप सहयोग पुर्याउनका लागि निस्दीमा कार्यरत सरकारी तलब भत्ता उपभोग गर्ने सम्पूर्ण शिक्षकहरुले १ दिन बराबरको तलब दैवीप्रकोप तथा राहत कोषमा जम्मा गर्ने बताउनुभयो । 

त्यसैगरी निस्दी स्रोतकेन्द्रका स्रोत व्यक्ति नर बहादुर थापाको दैनिकी पनि खेतीपातीमै बितेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ “लकडाउनले विद्यार्थीको नतिजा  प्रकाशनमा ढिलाई भएको छ,स्रोतकेन्द्रका ५४ वटै विद्यालयका प्रधानाध्यापकहरुलाई नतिजा तयार पार्न निर्देशन दिएको छु,लकडाउन खुले लगत्तै नतिजा प्रकाशन गर्ने गरि ।” अहिले कतिपय शिक्षकले घरमै बसेर नतिजा प्रकाशन तयारी विद्यालयको योजना,दैनिक पाठयोजना कार्य गरि रहेको बताइन्छ ।                                   

लकडाउनको समय लम्बिदै जाँदा विभिन्न पेशा व्यवसायका व्यवसायीहरु दिनभर आफ्ना काममा व्यस्त रहने गरेका छन् । घरायसी कामकाजमा परिवारलाई सहयोग गर्ने,खेतीपाती लगाउने,स्याहार्ने काममा समय बिताइरहेका छन् । सधै आ-आफ्नो पेशा व्यस्त रहने नागरिकलाई लकडाउनले परिवार संगै रहेर काम काम गर्ने वातावरण बनेको छ ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago