व्यस्त बन्दै निस्दीका शिक्षकहरु ।

होम राई मगर , पाल्पा , बैशाख ९ । विश्वव्यापी महामारी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट बच्न जारी लकडाउनको सदुपयोग गर्दै विभिन्न क्षेत्रमा कार्यरत पेशाकर्मी कामकाजमा व्यस्त हुने गरेका छन् ।

घरमै बसेर खेतीपातीको काम गर्ने,करेसाबारीमा तरकारी लगाउने र घरायसी काममा यतिखेर अधिकाम्शको दैनिकी बनेको छ । शिक्षण पेशालाई आफ्नो कर्म क्षेत्र बनाएका लक्ष्मी मावि निस्दी गाउँपालिका वडा नम्बर-३,झिरुबास,पाल्पाका प्रधानाध्यापक पदम बहादुर थापा बिहान-साँझ आफ्नो खेत र बारीमा व्यस्त रहेको बताउनुहुन्छ । गौरीशंकर मावि निस्दी-४,मित्यालका प्रधानाध्यापक केश बहादुर सुनारीको “बारीमा अहिले गोलभेडाको ७ वटा  टनेल रहेको त्यसमा पानी राख्ने,गोडमेल गरेर दिन बितेको बताउनुहुन्छ ।” सुनारीले भन्नुभयो “विद्यालयमा ४ कोठे ब्लक भवन निर्माण भइरहेको थियो लकडाउन पछि काम नियमित सन्चालनमा रोकियो तैपनि गाउँकै ४/५ जना ज्यामी लगाएर भएपनि कामलाई सम्पन्न गर्ने बिचार गरेको छु । यो समय बारीमा मकै छर्ने काम भएकोले मकै छर्ने र घाँस दाउरामा समेत व्यस्त रहेको बताउनुहुन्छ ।” यसैगरी निस्दी-२,सहलकोटमा रहेको बालहित माविका प्रधानाध्यापक नवलसिङ्ग बिरकट्टा भने यो अवधिमा स्वअध्ययनलाई प्राथमिकता दिएको बताउनु हुन्छ । उहाँ थप्नुहुन्छ “अध्यापन गर्नलाई स्वअध्ययन आवश्यक हो त्यसैले पाठ्यपुस्तकका साथै अन्य सन्दर्भ श्रोतहरु खोजेर अध्ययन गरेको बताउनुभयो । 

एसइइ परीक्षाको तयार रहेका विद्यार्थीलाई पढाईमा जोड दिन र रेडियोबाट प्रसारित भएको दुर शिक्षा कार्यक्रम सुन्न विद्यार्थी र अभिभावकलाई फोन मार्फत सुझाव दिएको गोरखनाथ माध्यमिक विद्यालय अर्चलेका प्रधानाध्यापक इश्वरी प्रसाद अर्यालले बताउनुभयो । उहाँले भन्नुभयो “यो समयमा तरकारी लगायो,गोडमेल गर्यो,श्रीमतीलाई घरको काममा सघायो यसरी नै बित्दैछ लकडाउनका दिनहरु ।” शिक्षक महा संघ निस्दीका अध्यक्ष समेत रहनुभएका अर्यालले गरीब तथा बिपन्न परिवारका लागि राहत वितरण कार्यक्रमलाई थप सहयोग पुर्याउनका लागि निस्दीमा कार्यरत सरकारी तलब भत्ता उपभोग गर्ने सम्पूर्ण शिक्षकहरुले १ दिन बराबरको तलब दैवीप्रकोप तथा राहत कोषमा जम्मा गर्ने बताउनुभयो । 

त्यसैगरी निस्दी स्रोतकेन्द्रका स्रोत व्यक्ति नर बहादुर थापाको दैनिकी पनि खेतीपातीमै बितेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ “लकडाउनले विद्यार्थीको नतिजा  प्रकाशनमा ढिलाई भएको छ,स्रोतकेन्द्रका ५४ वटै विद्यालयका प्रधानाध्यापकहरुलाई नतिजा तयार पार्न निर्देशन दिएको छु,लकडाउन खुले लगत्तै नतिजा प्रकाशन गर्ने गरि ।” अहिले कतिपय शिक्षकले घरमै बसेर नतिजा प्रकाशन तयारी विद्यालयको योजना,दैनिक पाठयोजना कार्य गरि रहेको बताइन्छ ।                                   

लकडाउनको समय लम्बिदै जाँदा विभिन्न पेशा व्यवसायका व्यवसायीहरु दिनभर आफ्ना काममा व्यस्त रहने गरेका छन् । घरायसी कामकाजमा परिवारलाई सहयोग गर्ने,खेतीपाती लगाउने,स्याहार्ने काममा समय बिताइरहेका छन् । सधै आ-आफ्नो पेशा व्यस्त रहने नागरिकलाई लकडाउनले परिवार संगै रहेर काम काम गर्ने वातावरण बनेको छ ।

Bishawas Acharya

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago