नेपाली काङ्ग्रेस रिब्दीकाेटले राहत काेषमा नगद हस्तान्तरण ।

सन्ताेष गहतराज , पाल्पा बैशाख ९ । नेपाली काङ्ग्रेस रिब्दीकाेटले गाउँपालिकाले स्थापना गरेकाे काेराेना राहत काेषमा रूपैयाँ  ५० हजार नगद राशि हस्तान्तरण गरेकाे छ । 

अहिले विश्वव्यापी रूपमा माहामारीकाे रूपमा फैलिएको काेराेना भाइरस काेबिड १९ काे संक्रमण राेकथाम,नियन्त्रण तथा उपचारमा सहयोग पुग्याउने उधेश्यले गाउँपालिका भित्र रहेका नेपाली काङ्ग्रेसमा आबद्व व्यक्तिहरूले संकलन गरी उक्त संकलित रकम नेपाली काङ्ग्रेस रिब्दीकाेटका सभापति राम चन्द्र पाण्डे, सचिब इन्द्र पाण्डे लगाएतले उक्त रकम गाउँपालिका अध्यक्ष नारायण जिसीलाई हस्तान्तरण गरेका हुन ।

रकम ग्रहण गर्दै रिब्दीकाेट  गाउँपालिका अध्यक्ष नारायण जिसीले नेपाली काङ्ग्रेस रिब्दीकाेट गाउँपालिकाले गरेकाे सहयाेगकाे ठुलो महत्त्व हुने बताउदै संकलन भएको राहत रकम विभेदहिन र पार्दशी ढङ्गले पालिका भित्रका मजदुर दैनिक ज्याला गरि जीवन यापन गर्नेका लागि राहत वितरण गर्ने बताउनुभयो । यस अगाडि रिब्दीकाेट गाउँपालिकाले पहिलाे चरणमा ३ सय ८५ घरपरिवारलाई राहत वितरण गरेकाे थियो ।

 

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago