अस्थायी रूपमा मुलुकमा आप्रवासी रोक्ने कार्यकारी निर्देशनमा हस्ताक्षर गर्ने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीलाई अमेरिका आउन रोक्ने कार्यकारी आदेशमा आफूले हस्ताक्षर गर्न लागेको बताएका छन्।

सोमबार राति ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले  कोरोना महामारीपछि अमेरिकी नागरिको जागिर जोगाउन  आप्रवासीलाई अस्थायी रूपमा अमेरिका प्रवेशमा रोक लगाउने आदेश जारी गर्न लागेको बताएका हुन्।

 

‘अदृश्य शत्रुको आक्रमण र  हाम्रा महान अमेरिकी नागरिकको रोजगारी जोगाउन म आप्रवासीलाई केही समयका लागि अमेरिका प्रवेशमा रोक लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गर्दैछु,’ ट्रम्पले ट्वीटरमा लेखेका छन् ।

ट्रम्पले नयाँ आदेशमा हस्ताक्षर गरेसँगै अमेरिकाले काम र बसाइँ सरेर अमेरिका आउन चाहनेहरूको निवेदनलाई प्रमाणित गर्नेछैन। पहिलादेखि नै आप्रवासीप्रति कठोर नीति लिँदै आएको ट्रम्प प्रशासनले यही आदेशका भरमा यो पक्रियालाई अनिश्चितकालसम्म लब्याउन सक्छ।

राष्ट्रपति ट्रम्पले कुन कानुनका आधारमा आप्रवासीहरूलाई अमेरिका प्रवेशको ढोका बन्द गर्ने आदेश ल्याउँछन् भन्ने स्पष्ट छैन।

पछिल्लो समय अमेरिका कोरोनाभाइरसको महामारीबाट नराम्रोसँग प्रभावित भएको छ।कोरोना प्रकोप न्यूनीकरण गर्न अमेरिकाले युरोपका धेरैजसो मुलुकसँगै चीन, क्यानडा, मेक्सिको, इरान र दक्षिण कोरियाका नागरिकमाथि अमेरिका भ्रमणमा प्रतिबन्ध लगाइसकेको छ । अमेरिकाले क्यानडाबीच मेको मध्यसम्मै सीमा नाका कडा पार्ने सहमति पनि भएको छ ।

स्रोत : बीबीसी
Sanjay poudyal

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago