क्वारेन्टाइन बाट ३ जाना फरार ।

नवलपरासी । पूर्वी नवलपरासीको कावासोती नगरपालिका–१ को क्वारेन्टाइनमा रहेका ३ जना मंगलबार बिहान फरार भएका छन् ।

भारतबाट आएका १ र उनको सम्पर्कमा पुगेका २ गरी ३ जनालाई क्वारेन्टाइनमा राखिएकोमा सबै फरार भएका हुन् ।सोमबार साँझ कावासोती–३ मा रहेको प्रस्तावित कुमारी अस्पतालको क्वारेन्टाइनमा राखिएका ३ जना मंगलबार बिहानै भागेको कावासोती–१ का वडाध्यक्ष नारायण पन्तले जानकारी दिए ।

क्वारेन्टाइनबाट भागेकामध्ये कावासोती–१ का अर्जुन परियार ३ दिनअघि भारतको लुदियानाबाट घर आइपुगेका थिए । कावासोती नगरपालिकाभित्र रहेको क्वारेन्टाइनहरूमा अहिले कावासोती नगरपालिकाको नगर प्रहरीले निगरानी गर्ने गरेका छन् । अध्यक्ष पन्तका अनुसार, नगरप्रहरीलाई समेत छलेर उनीहरू भागेका हुन् ।

फरार तीनै जनाको नगर प्रहरी, वडा प्रतिनिधि र प्रहरीले खोजी गरिरहेको कावासोती नगरपालिका उपप्रमुख तथा कोरना रोकथाम विपत् व्यावस्थापन समिति कावासोती नगर संयोजक प्रेम शंकर मर्दनियाले जानकारी दिए ।

कावासोती नगरपालिकामा क्वारेन्टाइनमा राखिएकामध्ये ९ जना घर फर्किएका छन् भने ८ जना त्यहीँ निगरानीमा छन् ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago