गुगल मिटमा दैनिक २० लाख प्रयोगकर्ता थपिँदै

कोभिड–१९ महामारी लकडाउनका कारण पछिल्लो समय भिडियो कन्फ्रेन्सिङ प्लाटफर्महरु सर्वाधिक प्रयोग भैरहेको छ । भिडियो कन्फ्रेन्सिङ सर्भिस जुमले पछिल्लो समय धुम मच्चाइरहेको छ साइबर सुरक्षासम्बन्धी कतिपय कमजोरीका बाबजुत पनि । सफलताको यो श्रेणीमा गुगलको नयाँ भिडियो कन्फ्रेन्सिङ प्लाटफर्म गुगल मिट पनि जोडिएको छ ।

गुगल मिटमा पछिल्ला केही हप्तादेखि दैनिक २० लाख नयाँ प्रयोगकर्ता जोडिइरहेका टन् । प्रयोगकर्ताको तीव्र वृद्धिसँगै बढ्दो चापलाई मध्यनजर गरी गुगल मिटको संरचना तथा क्षमतामा वृद्धिगरि प्रयोगकर्ताका सुरक्षा तथा गोपनीयताको सुरक्षालाई समेत प्राथमिकतामा राखिएको गुगलको भनाइ छ ।

गुगल क्लाउडको एसिया प्रशान्त क्षेत्रका नेटवर्किङ सुरक्षा विभागका प्रमुख मार्क जोन्सन भन्छन्, ‘गुगल मिटका प्रयोगकर्ताको संख्यामा जनवरीको तुलनामा २५ गुणाले वृद्धि भएको छ । अहिले दैनिक वृद्धिदर ६० प्रतिशतभन्दा धेरै छ । पछिल्ला केही हप्ता दैनिक २० लाख नयाँ प्रयोगकर्ता थपिएका छन्, जुन उल्लेखनीय वृद्धि हो । मार्क जोन्सन का अनुसार, अहिले गुगल मिटको प्लाटफर्ममा प्रयोगकर्ताहरुले भिडियो कलिङमा दैनिक २ अर्ब मिनेट बिताउने गरेका छन् ।गुगल मिटमा हुने संवादका डाटाहरु इक्रिप्टेड हुने भएको हुँदा तेस्रो पक्षले हात पार्ने वा गोपनीयता भंग हुने जोखिम नरहेको उनको दाबी छ ।

कोभिड–१९ महामारीका कारण यो अभूतपूर्व अवस्थाको सिर्जना भएको भन्दै उनले प्रयोगकर्ताको संख्यामा भैरहेको तीव्र वृद्धिलाई धान्नका लागि गुगल मिटको संरचना तथा क्षमता पर्याप्त रहेको बताएका छन् ।

गुगल मिटको सुरक्षा तथा गोपनीयता नीतिमा सुधारका लागि निरन्तर कार्य गरिरहेको र प्रयोगकर्ताका गुनासाहरुको पनि सम्बोधन गर्ने गरिएको उनको भनाइ छ । साथै विश्वका विभिन्न कम्पनीहरु तथा शैक्षिक संस्थाहरुलाई कसरी सहयोग पुर्याउन सकिन्छ भन्ने बारेमा पनि विभिन्न निकायहरुसँग निरन्तर सम्पर्कमा रहेको उनले बताएका छन् ।

एजेन्सी 

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago