राजविराज । यहाँस्थित गजेन्द्र नारायण सिंह अस्पतालको आकस्मिक कक्षको शैया नं.९ मा एक युवा विगत चार दिनदेखि वेवारिसेअवस्थामा छन् । बोल्न र लेख्न नसक्ने ती २० वर्षीय युवालाई शुक्रबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको विषणपुरखण्डमा घाइते अवस्थामा फेला पारि उपचारका लागि अस्पताल भर्ना गराइएको हो ।
मोटरसाइकल चढेर घरतर्फ जाँदै गर्दा सप्तरीको राजगढ गाउँपालिका ३ निवासी श्याम यादवले ती यूवालाई सडकमा घाइते अवस्थामादेखेपछि उद्दार गरी अस्पताल पु¥याएका थिए । ती युवाको खुट्टामा गहिरो चोट देखिएको छ । उनको मानवीय संवेदनशिलताका कारणअस्पतालका चिकित्सिक र नर्सहरुले निशुल्क उपचार गरिरहेका छन् भने अस्पतालमा सुरक्षाका लागि खटिएका प्रहरी बिटका इन्चार्जहवल्दार रामशंकर यादवले खानेकुरा र न्यानो लुगाको व्यवस्था गरिदिएका छन् ।
उनलाई खानाखाजा फलफुल र दुध समेत आफ्नै व्यक्तिगत खर्च गरेर प्रबन्ध मिलाएका प्रहरी हवल्दार यादवले बिरामीको ठेगाना रआफन्त पत्ता लगाउन आफूहरु पहल गरिरहेको र अरुलाई पनि सहयोगका लागि आग्रह गरेका छन् । उनलाई थप उपचारको पनिआवश्यकता छ, एक चिकित्सकले भने तर, आफन्त कोही नहुँदा बाहिर पठाउन सकिएको छैन् । मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित झालेती बिरामीको निशुल्क उपचारको व्यवस्था मिलाइएको जनाउँदै आफन्त पत्ता लगाई सहयोगका लागि सबैसाग अनुरोध गरेका छन् ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…